कोहीले आफ्नो भारी वजनबाट कसैको जीवन लिन सक्छ? अमेरिकाको टेक्सास बस्ने एक महिलाको वजनको बारेमा सुन्नु भएमा अचम्मित रहनु हुनेछ।
ती महिलाको वजन लगभग आधा टन रहेको छ। ३४ वर्षीय मायरा रोजलेसको वजन १००० पाउण्ड रहेको छ जुन् लगभग ४५० केजी हुन आउने गर्छ। ती महिलालाई आफ्नै भतिजा मारेको आरोप लागेको थियो। उनलाई उनका २ वर्षीय भतिज एलिसीओलाई हत्या गरेको अआरोप लागेको थियो। जसका कारण उनलाई ‘आधा टन हत्यारा’को उपनाम दिइएको थियो।
यस समाचार बाहिरिएसँगै मानिसहरुले उनले आफ्नो वजनले थिचेर त्यस बच्चाको हत्या गरेको सोचेका थिए। उनकी बहिनीले भने उनले कपाल कोर्ने काईयोले हानेर हत्या गरेको आरोप लगाएकी थिइन्। २ वर्षका ति बालकलाई काईयोले टाउकोमा हानेर हत्या गरेको आरोप लागेकी ती महिला २००८ देखि अत्याधिक वजन वृद्धिबाट ग्रसित भईन।
उनको वजन बढेर उनि चल्न समेत नसक्ने भएकी थिइन्। जुन समयमा उनि खासै विचल्लित नभई आफुलाई सम्हालेको कुराले धरैलाई प्रेरित गरेको कुरा अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन्।
रोजलेसका अनुसार उनले आफ्नो वजन कम गर्नको लागि धेरै मिहिनेत गर्नु परेको थियो। आफ्नो शरीरमा भएको वजन बढाउने रोग अहिले भने पूर्ण रुपले हराएको उनले जानकारी दिईन्। अहिले उनलाई न त मधुमेह छ,नचाहिने उच्च कोलेस्ट्रोल र उच्च रक्तचाप केहि पनि नभएको उनि खुसि व्यक्त गर्ने गर्छिन। अत्याधिक वजनलाई सर्जरी मार्फत कम गर्न सकिएको छ।
३० चोटी भन्दा धेरै सर्जरी गर्नु परेको कुरा उनि आफ्नो अन्तर्वार्ताहरुमा बताउने गर्छिन्। आफु अलिकति पनि विचल्लित नभई टिकेकोमा उनका सर्जरी गर्ने डाक्टरले उनको तारिफ गर्ने गर्छन्। अहिले ती महिला सामान्य जीवन बिताउदै आएकी छिन्।
Views: 0