ब्रत बसेको दिन शारिरिक सम्बन्ध राख्दा के हुन्छ ? यस्तो भन्छ शास्त्र।

२०७५ फाल्गुन ६, सोमबार ११:१४ गते २०७५ फाल्गुन ६, सोमबार ११:१४ गते २०७५ फाल्गुन ६, सोमबार ११:१४ गते

काठमाडौं । तीजको ब्रत बसेका महिलाले ब्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँ दैन ? धर्मशास्त्र र चिकित्साशास्त्रमा यो प्रश्नको जवाफ फरक-फरक दिइएको छ। हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन।

शास्त्रले के भन्छ ?

हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ । इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ । क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् । बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ । हिन्दू धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा ब्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरु त्यस दिन पतिसँग सुत्दैनन् भनेको छ ।

तीजको ब्रत बसेका बेला महिलाले पतिको घर छाडेर माइतीमा बस्नुको अर्थ पनि सहवासबाट टाढै हुने उपायका रुपमा लिन सकिने वाल्मिकी क्याम्पसका उपप्राध्यापक केशवमणि घिमिरे बताउँछन् । घिमिरे भन्छन्-’उपवास बस्ने भनेकै भोक र कामवासनालाई नियन्त्रण गरेर भगवानमा भक्ति लगाउनका लागि हो, त्यसबेला सम्भोग गर्दा ब्रतको फल प्राप्त हुँदैन ।’

यौन विज्ञहरुको भनाइ
धर्मशास्त्रले ब्रत बसेका सम्भोगबाट टाढै बसुन् भने पनि चिकित्सा शास्त्रले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्न ब्रतालुलाई सुझाव दिन्छ । ब्रत बसेका बेला महिला शारीरिक र मानसिक रुपमा कमजोर एवं थकित हुने यौन विशेषज्ञहरुको भनाइ छ । माता मनकामना आरोग्यकेन्द्रका यौन विशेषज्ञ डा. बद्रीप्रसाद भट्टराई भन्छन्-’ब्रतका बेला यौन सम्पर्क गर्ने कुरा दुईजनाबीच निर्भर हुन्छ । शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक पर्दैन ।’

उनका अनुसार यौनलाई जटिल रुपमा नबुझी प्रेम अभिव्यक्त गर्ने माध्यमका रुपमा लिए ब्रतले कुनै बाधा गर्दैन । तर, ब्रत बसेका बेला शरीरमा पानी, ग्लुकोजलगायत क्यालोरी मात्रा कम हुने र सहवासमा धेरै क्यालोरी खर्च हुने भएकाले यसले थप कमजोर बनाउन सक्ने उनी बताउँछन् । ‘तर, एकचित्तले ब्रत बस्दा शरीर फुर्तिलो र चङ्गा हुने भएकाले यौनइच्छा अझ बढ्छ । भोकै बस्दा कसै-कसैमा ज्यानमा अझ फुर्ती आउँछ,’ भट्टराईले भने ।

रातो पोशाकको अर्थ
तीजको दिन महिला रातो पोशाकमा हुन्छन् । सारीदेखि अन्य पोशाकसम्म रातै लगाउँदा महिलाहरु अरु दिनको तुलनामा बढी कामुक देखिने यौन विश्लेषक बताउँछन् । यौन विज्ञ डा. भट्टराई भन्छन्-’रातो रंगले यौनोत्तेजना बढाउन मद्दत गर्छ।’ उनका अनुसार गहुँगोरो छाला भएका नेपाली महिलालाई रातो पोशाकले राम्रो सुहाउँछ । रातो पोशाकले पुरुषलाई मनोवैज्ञानिकरुपमा आकषिर्त गर्छ । विवाहमा बेहुलीलाई रातो पोशाकमा सजाउनुमा पनि यही सन्दर्भ जोडिएको विज्ञ बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *