बीबीसी। भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार विहानै फेरी आक्रमण भएको छ ।
आक्रमणमा परी सेनाका चार जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बिबिसीका अनुसार यो आक्रमण अहिले पनि जारी रहेको छ ।प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन्।
बिस्तृत विवरण आउन बाँकी रहेको भारतिय मिडियाले जनाएका छन् । उक्त इलामा चरपन्थी लुकेर बसेको सूचनाका आधारमा सेनाले अपरेशन सुरु गरेको थियो। सेनाले अपरेशन सुरु गरेपछि चरमपन्थीले सेनामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
आक्रमणमा परी मृत्यु हुनेमा सैनिक मेजर डीएस डोंडिअल, हबल्दार सावे राम, सिपाही अजय कुमार र हरि सिंह रहेका छन्। घाइते सिपाहीको नाम गुलजार मोहम्मद हो। उनलाई सेनाको अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।
Views: 0