काठमाडौँ : एक बच्चाले आमालाई रुदै गरेको देख्यो र बाबुलाई सोध्यो कि आमा किन रुने गर्छ ? बाबू ले जवाफ दियो सबै महिला बिना कारण रुने गर्छ । बच्चाले केही बुझेन र ठुलो भएपछी एकदिन भगवान लाई सोध्यो महिला रुने किन गर्छ ? तब भगवान ले जवाफ दियो कि….
जब मैले महिलालाइ बनाउदै थिए तब मैले निर्णय लिए कि म उसैलाई खास बनाउने छु । मैले उस्को कन्धा मजबुत बनाए ताकी उस्ले दुनियाँदारी को बोझ उठाउन सकोस् । उस्को अंगालो लाई कोमल बनाए ताकी बच्चालाई आराम महसुस होस ।
मैले उसैलाई यति आत्मसक्ती दिए कि नयाँ बच्चालाई धर्तिमा जन्म दिन सकोस् । मैले उसलाई साहासी बनाए ताकी मुस्किल समयमा उनी चट्टान सरि खडा रहन सकोस् । अनि आफ्नो परिवार को ख्याल राख्न सकोस् ।
मैले उसलाई संबेदनसिल अनि बिबेकसिल बनाए ताकी उस्ले सबैलाइ सहयोग गर्न सकोस् साथै माफी दिन सकोस् । मैले उसलाई अँखामा आसु दिए ताकी उस्ले आफ्नो दुस्ख लाई कम गर्न सकोस । तेसैले महिला हरु पुरुष भन्दा धेरै अनि छिटो रुने गर्छ । “सत्यता मा आधारित एक काल्पनिक सोच, बिचार मात्र हो”
Views: 0