काठमाडौं – अहिले लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, बोलको गीतलाई लिएर सामाजिक सञ्जाल निकै तातेको छ । लोकगायक पशुपति शर्माले दुई दिनअघि यूट्युवमा राखेको यो गीत आफैंले हटाएपछि बिभिन्न टिकाटिप्पणी भएको छ ।
यसै क्रममा यस गीतले संसदलाइ समेत तताएको छ । गायक पशुपति शर्माको विवादित लुट्नसम्म लुट कान्छा’ गीतका विषयमा प्रतिनिधि सभामा को बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक शर्माको गीतमाथि प्रतिबन्ध लगाएको भन्दै कडा आपत्ति जनाए ।
उनको गीत प्रतिबन्ध लगाएर वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै उनले सरकारको कडा आलोचना गरे । सोही क्रममा सांसद सिंहले फागुन महिनाको आफ्नो तलबबाट २५ हजार रुपैयाँ दिएर गायक शर्मालाई सम्मान गर्ने घोषणा गरे ।
आफ्नै युट्युब च्यानलमा हालेको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, बोलको गीत सत्तारुढ दलका कार्यकर्ताबाट धम्की आएपछि शर्माले गीत हटाएको जनाएका छन् । शर्माले सत्तारुढ दलका कार्यकर्ताबाट धम्की आएपछि गीत हटाएको चर्चा चलेको छ ।
Views: 0