सावधान ! (PUBG) ‘पबजी’ खेल्नुहुन्छ या परिवारमा कोहि खेल्छ ? हुन सक्छ यस्तो डरलाग्दो असरहरु(भिडियो हेर्नुस्)

२०७५ फाल्गुन ६, सोमबार १९:०३ गते २०७५ फाल्गुन ६, सोमबार १९:०३ गते २०७५ फाल्गुन ६, सोमबार १९:०३ गते

मनोरंजनका लागि खेलिने खेलले मृत्युको मुखमा पुर्याउँछ भन्ने कुरा सायद थोरैलाई मात्रै थाहा होला । पछिल्लो समय अनलाइन गेम ‘पबजी’ अर्थात ‘प्लेयर अननोनस ब्याटलग्राउन्ड्स’ विश्वमा अत्याधिक रुचाइएको गेम हो ।

अहिले सम्म १०० मिलियन भन्दा धेरै पटक डाउनलोड भैसकेको यो गेमकै कारण भारतमा एक व्यक्तिले मानसिक सन्तुलन गुमाएका छन् ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार भारतको जम्मू-कश्मीरमा केहि महिना देखि लगातार ‘पबजी’ खेल्दै आएका एक फिटनेस ट्रेनरले मानसिक सन्तुलन गुमाए पछि उनलाई मानसिक अस्पतालमा राखिएको हो ।

ती फिटनेस ट्रेनरले आफैलाई मार्ने कोशिश गरेको कारण अस्पताल भर्ना गरिएको बताइएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ‘पबजी’ गेमकै कारण ती ट्रेनरको मानसिक सन्तुलन बिग्रिएको हो । रात-दिन नभनी ‘पबजी’ खेल्ने गरेको कारण उनी मानसिक दुर्वलताको शिकार भएको डाक्टरहरुको भनाइ छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed