जम्मु–काश्मिरमा कयौंको ज्यान जानेगरि हमला गराउने ‘मास्टरमाइन्ड’ मारिए !

२०७५ फाल्गुन ७, मंगलवार १३:०४ गते २०७५ फाल्गुन ७, मंगलवार १३:०४ गते २०७५ फाल्गुन ७, मंगलवार १३:०४ गते

एजेन्सी– भारत प्रशासित जम्मु–काश्मिरमा बिहिबार कयौं भारतीय सैनिकको ज्यान जाने गरि भएको हमलाका ‘मास्टरमाइन्ड’ मारिएका छन् । भारतिय मिडियाका अनुसार जम्मू–कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणका ‘मास्टरमाइन्ड’ अब्दुल रशीद गाजी मारिएका हुन्।

भारतीय सेनाले गरेको कारवाहीमा तीन जना चरमपन्थी मारिए र ती मध्य एक जना ‘मास्टरमाइन्ड’ अब्दुल रहेको बताइएको छ ।
बिहिबार भएको आतंकवादी आक्रमण पछि भारतीय सेनाको संयुक्त टोलिले त्यस क्षेत्रमा विभिन्न कारवाहीको अभियान चलाइरहेको छ।

जवाफी कारबाहीमा एक मेजरसमेत गरेर ७ भारतीय सैनिकको मृत्यु भैसकेको बताइएको छ। सेनाको ५५ आरआर, सिआरपीएफ र एसओसीले संयुक्त अपरेशन सुरु गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *