प्रेमको सवालमा क्याट्रिना कैफलाई असफल मानिन्छ । उनको अफेयरको खबर सलमान खानदेखि रणवीर कपुरसम्म लामो समयसम्म रह्यो । तर, उनको प्रेम सफल हुन भने सकेन ।
रणवीरसँग ब्रेकअपपछि पछिल्लो समय सलमानसँग फेरि नजिकिएकी क्याट्रिनालाई उनका फ्यानले अचम्मको प्रस्ताव गरेका छन् ।
वेबसाइट इन्डिया टुडेका अनुसार क्याट्रिनालाई उनका फ्यानहरूले सलमानसँग विवाह गर्न प्रस्ताव गरेका छन् । फ्यानहरूले यो कुरा सामाजिक सञ्जालमा व्यक्त गरेका हुन् ।
मिडियाका अनुसार फ्यानहरूको यो सुझाबलाई क्याट्रिनाले ‘हम्म।।।’ भनेर प्रतिक्रिया दिएकी छिन् । हालैका एक च्याट सोमा उनलाई निजी जीवनसँग जोडिएका विभिन्न प्रश्न सोधिएको थियो ।
उनले सबै जिज्ञासाको जवाफ सहज तवरले दिएकी थिइन्। नयाँ पत्रिकामा खबर छ
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0