सांसदले पशुपति २५ हजार दिने घोषणा गरेपछि प्रमोदले यस्तो अनुरोध गरे ‘कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुस् ’

२०७५ फाल्गुन ७, मंगलवार १४:४८ गते २०७५ फाल्गुन ७, मंगलवार १४:४८ गते २०७५ फाल्गुन ७, मंगलवार १४:४८ गते

काठमाडौं, फागुन ७ । गायक प्रमोद खरेलले सांसदहरुलाई काम गर्न सुझाव दिँदै गीतमाथि राजनीति नगर्न अनुरोध गरेका छन् ।

गायक खरेलले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् ‘पशुपति शर्मालाई २५ हजार दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा एक महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध, त्यो पैसा आफ्नो क्षेत्र वा विकासमा थप्नुस्, जनताका लागि काम गर्नुस्, ताकि फेरि फेरि यस्ता गीत बन्न नपरोस्, कर्म गर्नुस् गीतमाथि राजनीति नगर्नुस् ।’

लोक तथा दोहोरी गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छा गीतबारे सत्ता पक्ष र प्रतिपक्ष सांसदबीच सोमबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

शून्य समयमा बोल्दै कांग्रेसका सांसद अमरेशकुमार सिंहले जनताको बोली गाउने गायकलाई आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

कांग्रेसका सांसद सिंहले पशुपति शर्मालाई २५ हजार दिने घोषणा गरेको केही समयपछि संसदको शून्य समयमा बोलेका सत्तारुढ नेकपाका सांसद झपडबहादुर रावलले जवाफ दिएका थिए । उनले सांसद सिंहले पशुपति शर्माको गीत गाएमा आफूले फागुन महिनाको पूरै तलब सिंहलाई नै दिने घोषणा गरेका थिए ।

संसदको शून्य समयमा बोल्ने सांसदले गीतमाथि लागेको प्रतिबन्धबारे आफ्नो धारणा राखेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *