काठमाडौ । केशु पुमा राई, हस्पिटलको बेडबाट तिमिलाई एउटा चिट्ठी छोराको पापा तिमी काहाँ कोसौँ टाढा तिम्रो आँखा लुकाई रहेछौ ।
बास्तबिकताबाट धेरै दिन भाग्न सकिन । न म भाग्न सक्छु न तिमी न जो कोहि एक दिन बास्तबिकता पर्दा फास भएरै छाडछ ।।
कत्ति चाडै भुलिन्छ है दुःख को दिन हरु सुख पाए पछि हिजोको दिनहरुमा हामी कति खुसी थियौँ । एक छाक सँगै बसेर खान पाउँदा ।आज बर्षौ भयो हामी छुटेको सुनेको छु तिमी खुसी नै छौ। तिम्रो खुसी नै मेरो खुसी हो त्यसै ले दुखी भएको छुईन र सधै खुसी हुनेछु प्रयास गर्ने छु ।
हिजो तिमीले मेरो सिन्दुर पुछेर अरुको सिन्दुर भर्दा पनि त हासेकै थे । मेरो सौभाग्य खोसेर अरुको भाग्य भर्दा पनि त हासेकै थे भने आज किन रुनु ?
तर सोचिन कैले पनि तिमी यति धेरै निस्ठुरी छौ म जिन्दगीभर तिम्रो भए र बाच्ने मर्ने कसम खाएको मान्छे लाई यत्ती सजिलै भुल्छौ मैले तिमी संग तिम्रो धन दैलत देखेर सम्बन्ध गसेको थिईन त्यो तिम्लाई पनि थाहा छ।किनकी तिमी र म एक हुदा तिमी संग सिर्फ तिम्रो ज्यान मात्र थियो यो कुरा त सम्झाई राख्नु पर्दैन होला।
हामी दुई भए पछि बिस्तारै सेटल हुँदै गएको हाम्रो सुन्दर सन्सार मा एका एक भुईचालो गयो त्यस्मा पनि म खुसी नै छु मैले के मागेको छु हजुर संग केबल माया रुपि दुई शब्द हो ।
काहा छौ के छौ के गर्दै छौ मात्रै सोधी दिदा म आफुलाई भाग्यमानी सम्झन्थे तर त्यो पनि मेरो भाग्य मा रैन छ ।।
म त चाडै यो सन्सार बाट बिदा हुदैछु भाग्य मा भाए अर्को जुनि हजुर्कै भएर जन्म लिन पाउ । अल बिदा ।। स्रोत : शब्द केशु पुमा फेसबुक /
Views: 0