काठमाडौं । भ्रष्ट्राचार नियन्त्रण गर्ने निकायमा पुगेर घुस खानेमाथि छानविन हुने भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ ।
आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ ।
भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए । पाठकको राजीनामा स्वीकृत भएको चार दिनपछि आयोगले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको जानकारी प्रवक्ता रामेश्वर दंगालले दिए । ‘पाठकमाथि लागेको आरोपमा अनुसन्धान समिति बनाएर छानबिन थालिएको छ,’ दंगालले भने, ‘नेपाल इञ्जिनियरिङ कलेज घुस प्रकरणमा केन्द्रित भएर अनुसन्धान हुनेछ । यस क्रममा अन्य अनियमितताका विषय फेला परे त्यसमा पनि छानबिन हुन्छ ।’
उनीमाथि छानविन सुरु भएसँगैं विभिन्न राजनीतिक दलका नेता तथा उच्च पदस्थ व्यक्तिहरु पनि फस्न सक्ने जनाइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
Views: 0