खोटाङ्मा नेपालीहरुले दिए भारतीयलाई बाँदर समात्ने जागिर !

२०७५ फाल्गुन ८, बुधबार १३:१७ गते २०७५ फाल्गुन ८, बुधबार १३:१७ गते २०७५ फाल्गुन ८, बुधबार १३:१७ गते

काठमाडौं । नेपालीहरुले भारतीयहरुलाई बाँदर समात्ने काममा लगाएका छन् । नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ ।

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पुर्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ अभियान’ थालिएको हो ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईका अनुसार भारतको उत्तर प्रदेशबाट झिकाइएका सिकारीले मंगलबार उक्त नगरपालिकाको वडा नम्बर ५, लफ्याङको लुछिममा २५ वटा बाँदर समातेरका छन् ।

बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको दिक्तेल रुपाकोट मझवागढी नगरपालिका ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *