हिन्दु धर्म परम्परामा हरेक धार्मिक तथा सामाजिक संस्कारहरुमा गाईको गहुँतप्रयोग गर्ने चलन छ ।
मानिसहरु चोखो तुल्याउन होस् या अन्य बैदिक विधिको लागि गाईको गहुँत आवश्यक हुन्छ ।
मानिसहरु मरेर घाटमा लाने बेलामा मलामी गईन्छ । मलामी पुगेर फर्कदा गाइको गहुँत नखाईकन घर छिर्न मिल्दैन भन्ने कथन छ ।
त्यसैगरि अन्य विभिन्न पुजाआजामा पनि गाईको गहुँत अनिवार्य हुन्छ । गाईको गहुत शुद्धताको प्रतिक हो , यो हाम्रो धार्मिक विश्वास हो ।
तर, गहुत खादाँ फाईदा भन्दा बेफाईदा बढि भएको डाक्टरहरु बताउछन ।
डाक्टरहरुको अनुसार गाईको गहुँत खानु स्वास्थ्यको दृष्टिले राम्रा मानिँदैन ।
किनकी हरेक प्राणीको मुत्रथैलीमा शरीरको विकारको पदार्थहरु जम्मा हुने गर्दछ ।
ती जम्मा भएको विकारको पर्दाथहरु पिसाब भएर निक्लन्छ । त्यसैले गहुँत खानु राम्रो होईन ।
डा. रोशन राउत मुटुरोग विशेषज्ञ हुन् । उनकाअनुसार गाईको गहुतको महत्व धर्ममा जत्तिनै वर्णण गरेपनि स्वास्थ्यको हिसाबले हानिकारक हो ।
भन्छन ‘गहुँत भनेको पिसाब हो, पिसामा शरीरको फोहोरी पदार्थहरु जम्मा हुने हो । त्यसैले फोहोर खाँदा स्वास्थ्य राम्रो हुँदैन ।’
उनको अनुशार हामीले खाएका कतिपय पदार्थहरुको विकार पिसाब थैलीमा जम्मा हुन्छ ।
उक्त विकार शरीरमा रहदा शरीर बिरामी हुने भएकाले पिसाब नलीबाट बाहिर निक्लन्छ । मानिसको जस्तै प्रक्रिया जनावरमा पनि लागू हुने भएकाले खानु राम्रो होईन ।
उनी भन्छन ‘अझ बिरामी गाई अर्थात दीर्घरोगी गाईको गहुँत भयो भने मानिसको स्वास्थ्यमा गम्भिर असर पर्छ ।
धार्मिक महत्वलाई ध्यानमा राख्दै त्यसको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ ।
त्यो निल्नै पर्छ वा खानै पर्छ भन्दा पनि त्यसको असरलाई ध्यानमा राखेर धार्मिक कार्यमा प्रयोग गर्नुपर्छ ।
Views: 0