फुल जस्तो बालक फोहोरको डंगुरमा फाल्ने कस्ती निर्दयी आमा, अहिले यस्ता भए ‘भविष्य’ (भिडियोसहित)

२०७५ फाल्गुन ८, बुधबार २२:२५ गते २०७५ फाल्गुन ८, बुधबार २२:२५ गते २०७५ फाल्गुन ८, बुधबार २२:२५ गते

घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको पल थियो त्यो पल श्री नेहालाई जब उनले पशुपति मन्दिरको फोहोरको डंगुरमा भर्खर जन्मिएको एक नाबालक बच्चा रुँदै गरेको भेटिन्। त्यस दिन भगवानको मन्दिरमा उनी त्यस बच्चाको लागि साक्ष्यात भगवान नै बनेर पुगिन। के गर्नु भाबिले छैठौ दिनमा के लेखिदिएको छ त्यो त सबैले भोग्नु पर्दोरहेछ कसैले पनि सोचेको हुँदैन्न रहेछ।

भनिन्छ कि जन्म दिने आमा भन्दा कर्म दिने आमा हजार गुणा महान हुन्छिन्। ब्याउन त कुकुर पनि ब्याउछ तर मानिस मात्र एक यस्तो प्राणी हो जो विवेकशिल हुन्छ तर पनि कहिले कहिँ मानिस आफ्नो विवेक गुमाउन पुग्छ। विवेक गुमाएकै कारण आफ्नो फुल जस्तो सन्तानलाई मन्दिरमा फाल्न पुग्छन्। मन्दिरमा फालिएको उक्त बच्चा श्री नेहाले भगवानको प्रसादको रुपमा पाइन्।

जन्मिन नपाउदै आमा गुमाउनु अनि फेरी श्री नेहालाई आमाको रुपमा पाउनु भावीको पनि कस्तो लेखान्त। दैव पनि कत्ति सम्मको निष्ठुरी। जे हुन्छ राम्रै को लागि हुन्छ भन्छन् भन्न त। नहुनु भैसकेपछि सायद अब यहि वाक्यांसले नै चित्त बुझाउनु ठिक होला।श्री नेहाको पुरा नाम श्री नेहा पोखेरेल हो। पेसाले उनी कलाकार हुन्।

कलाकार भएरै होला उनको जीवनमा चलचित्रमा झैँ अपत्यारिलो घटनाहरु घटिरहन्छन्। कलाकारिता जीवनसँगसँगै सामाजिक क्षेत्रमा अग्रसर भएकी उनी नेपाल स्नेही काखकि संचालिका समेत हुन्। उनको जीवनको अधिकाम्स समय समाजसेवामा नै बित्छ। उनी स्थाको प्रतिनिधि गर्दै सडक मानव उद्दारका लागि कहिले पुर्व धाउछिन् त कहिले पश्चिम।

‘हजुर आइसिदा यो बाबु (बाबुलाई संकेत गर्दै) भर्खर ३-४ महीना को थियो अहिले त उ १८ महिनाको भैइसक्यो नी!’ ,नेपाल स्नेही काँखकी संचालिका श्री नेहा पोखेरेलले मुस्कुराउदय भनिन् । साच्चै त्यो समयमा उनको साथमा दुई जना दूधे बालक मात्र थिए ।

प्राय जसो अन्तरवर्तामा ति दुई बालक च्यापदै बोलथिन्न उनी । रोए भने दूध दानीबाट दूध खवाउथिन अनि फकाउथिन। कति निश्चल कति निस्वर्थत छ उनको प्रेम। उनी सस्थाका सदस्य हरेकलाई यसरी नै मायाले अंगालछिन। यो करिव १ वर्ष अगाडिको कुरा हो।

उनको साथमा अहिले ७ जना बच्चाहरु छन्। केही बच्चा सडकमा भेटिएका र केही मानसिक सन्तुलन गुमाएका महिलाबाट जन्मिएका हुन्। पाँच जना बाहेक दुई जना भने संस्थामै जन्मिएका हुन्। उद्दारको क्रममा उनले गर्भवती महिला पनि उद्दार गर्नु पर्ने बाध्यता उनलाई छ। नगरुम मनले मान्दैन गरुम बच्चा स्याहार्न उनलाई गार्हो पर्छ। तर पनि उनले अहिले सम्म जसोतसो व्यवस्थापन गर्दै आएकी छिन्।बच्चाहरूकी आमा बनेकी पोखरेल ‘आमाहरूकी पनि आमा’ हुन्। मानसिक सन्तुलन बिग्रिएका २९ जना महिलाकी पनि उनी आमा हुन्। हुन त ती महिला पोखरेलकै आमासरहको उमेरका छन्। तर, उनीहरू पोखरेललाई ‘आमा’ भनी सम्बोधन गर्छन्। आमाहरूकी पनि आमा बन्न पाउँदा आफूलाई गर्व लागेको उनी बताउँछिन्।

‘भाग्यले नै भेट्टाए म्याम मैले यसलाई’ यति भनि राख्दा श्री नेहाको आँखमा आशु रसाएको प्रस्ट देखिन्थ्यो। रशिलो अखा र बोझिलो मनसहित उनले थपिन,’ पशुपति मन्दिरको डस्टबिनबाट उठाएर ल्याएको यो बच्चा आज यस्तो होला भनेर सोचेको पनि थीइन मैले। शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए। कुपोषण लागे जस्तो केही तौल पनि थिएन। बच्ला जस्तो नै लागेको थिएन म्याम मलाई। तर अहिले यी हेर्नुस त कति लोभलाग्दो भएको छ। ‘ दंग मुद्रामा उनले थापीन।

श्री पंचामिक अवसर पारेर उनले बच्चाको अन्नप्रसान पनि गराइसकेकि छिन्। उनको नाम उनले भविश्य राखेकी छिन्। ‘अन्नप्रासनमा उठेको रक़मले बाबुलाई हात र खट्टामा चाँदीको कल्ली बनाई दिएको छू मेरो छोराले ठुलो भए पछि मेरी मामूले मलाई अरु बालक जस्तै गरेर पालिसेको रहेछ भनेर उसलाई खूसी महसूस होस’, मुस्कुराउदै उनले भनिन। कति महान छ उनको सोच।

‘आमा’ यो शब्दमा नै ममता छ तर संसारमा यस्ता आमा पनि हुन्छन् जो जन्म त दिन्छन् तर कर्म दिन भने पछी हट्छन्। श्री नेहा नभैदिएको भए त्यो बालकको के हाल हुन्थ्यो होला सोच्दा पनि मटू थरर हुन्छ। त्यो नवजात बालकको के ग़लती थियो होला र उसले जन्मना साथ यति ठुलो सज़ाय पायो।

कस्ती होलिन् ति निर्दयी आमा जसले आफ़नो मंटूको टुक्रालाई फोहोरको डस्टबीनमा फाल्ने हिमात गर्न सकिन्। एकातिर यस्ता निर्दयी आमा पनि छन् भने अर्को तिर श्री नेहा जस्ति कुमारी आमा जो सयौको कर्म आमा बन्न सफल भएकी छिन्। सलाम छ श्री नेहा तिमीलाई अनि तिम्रो निस्वार्थ कार्यलाई।

मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई सहयोग गरेर उनीहरुको जीवनमा थप खुसी दिन जो कोही सहयोगी मनहरुले निस्वार्थ सहयोग गर्न विनम्र अनुरोध छ। सहयोग गर्न चाहने व्यक्तिले सिद्धार्थ बैँक, बानेश्वरको खाता ०१५००१५८६ वा सिधै संस्थाको कार्यलय अथवा फोन नम्बर ९८०३८०९७२१ मा सम्पर्क गर्न सक्नेु हुने छ।बाँकी हेर्नुहोस् भिडियोमा :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *