अमेरिकाको मेरील्यान्डको एक घरमा निकै अनौठो घटना घटेको छ । आफ्नो १४ वर्षिय छोराको कोठामा पसेकी आमाले अफ्नो छोराको यस्तो भयानक दृष्य देख्नासाथ प्रहरीलाई फोन गरेर बोलाएर जेल पठाइन् ।
यस्तो घटनाले के बताउँछ भने आफ्नो सन्तानको लागि समय दिन नसक्ने आमाबाबुको लागि सन्देश पनि हुनेछ ।
१४ वर्षिय छोरा सोलोमोन प्युलकी आमाले आफ्नो २ वर्षिय छोरालाई सुताउँदै थिइन् । सोलोमान ८ वर्षिय बहिनीसँग अर्को कोठामा खेल्दै थिए ।
निकै हल्ला गर्दै खेलिरहेका उनीहरु केहीसमय पछि आवाजबिहिन अवस्थामा पुगे ।
त्यसपछि केही भयो की भनेर त्यहाँ पुगेकी आमाले निकै कहाली लाग्दो दृष्य देखिन जहाँ उनका छोरा सोलेमोनले आफ्नो बहिनीलाई बलात्कार गरिरहेका थिए ।
८ वर्षिय बहिनीलाई निवस्त्र बनाएर बहिनीलाई तर्साउनको लागि चक्कु साथमा राखेर बलात्कार गरिरहेका थिए ।
छोराको यस्तो हर्कत देखेकी आमाले रिसाएर प्रहरीलाई ८ वर्षिय छोरीको बयान लिन लगाइन् । बालिकाको बयानअनुसार दाजुले बहिनीलाई धम्कीको साथ बलात्कार गरेको बताइन् ।
छोरीको बयानको आधारमा आफ्नै छोरालाई जेल पठाइन् । प्रहरीको अनुसन्धानमा दोषी ठहरीएका सोलोमोनलाई आजिवन जेल सजाय सुनाइयो ।
मेरिल्यन्डको कानुन अनुसार सोलोमोन वयस्क उमेरका मानिस जस्तै आजिवन जेल सजाय भोग्नमा परेका छन् ।
Views: 0