श्रीमानसँगको डिभोर्सपछि हिरो प्रदिप खड्कालाई मेघा घिमिरेले भनिन- ‘आई लभ यु, प्रदिप’ (भिडियो हेर्नुस)

२०७५ फाल्गुन ९, बिहीबार १३:११ गते २०७५ फाल्गुन ९, बिहीबार १३:११ गते २०७५ फाल्गुन ९, बिहीबार १३:११ गते

काठमाडौं– आगामी २२ फागुनमा रिलिज हुने चलचित्र लभ स्टेशनको टिमले दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ । कलाकार शिषिर भण्डारीले केही दिन अघि आफ्नो युट्युव च्यालन मार्फत अभिनेता प्रदीप खड्कालाई मेघासँग भेटाउने बाचा गरेका थिए ।

सोही बाचा अनुरुप अभिनेता प्रदीप खड्कासहित अभिनेत्री जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सो चलचित्रका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् ।

बिदेशबाट मेघालाई आएको चार लाख सहयोग कलाकार शिषिरले प्रदीपको हातबाट मेघालाई प्रदान गराए । दुबै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोगको आबश्यक्ता परेको पीडा सुनेपछि अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही र संगीतकार एलिसले चलचित्र लभ स्टेशनका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरे । यो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्ने विश्वास प्रदीपले व्यक्त गरे । आफुले सोचेको भन्दा मेघा निकै फरक र शाहसिक पाएको पनि यी अभिनेताले बताए ।

यस्तै अभिनेत्री जसिताले पनि मेघाको हात राख्ने चाहना चाँडै पुरा होस भन्ने कामना गरिन् । निर्माता गोविन्द शाहीले दर्शकका प्रिय कलाकारहरुले दर्शकका लागि सहयोग गर्दा आपसी सम्बन्ध अझ निकट हुने बताए । लभ स्टेशन आफैंमा पारिवारिक एवम् प्रेमकथामा आधारित सामाजिक चलचित्र भएकाले आफुहरुले पनि समाजमा मेघालाई स्थापित गर्न उनलाई भेट्नुका साथै सहयोग प्रदान गरेको निर्माता शाहीले बताए । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *