कसैले आफुलाई मन पराएको कसरी थाहा पाउने यसका केही संकेत हुन्छन् । यदि कसैले आफुलाई मन पराएको, प्रेम गर्न चाहन्छन् भने उनीहरुले त्यसको संकेत गर्छन् । त्यस संकेतलाई बुझेर उपयुक्त व्यवहार गर्नुपर्छ ।
१. यदि कोही तपाईको नजिक आउन खोज्छ, बोल्न खोज्छ, केही बाहाना बनाएर नजिकिन खोज्छ भने बुझ्नुहोस्, उसले तपाईलाई मन पराउछ । किनभने माया गर्नेहरु सधै नजिक रहन रुचाउछन् ।
२. तपाईले वेवास्ता गरेपनि कसैले तपाईलाई केयर गर्छ भने त्यसलाई ग्रीन सिग्नलको रुपमा बुझ्नुहोस् । कसैले तपाईको कुरामा चासो राख्छ, तपाईको ख्याल राख्छ भने उसले तपाईलाई मन दिइसकेको छ ।
३. कुनै न कुनै बहानामा बोल्न खोज्छ भने उसले तपाईसँग नजिकिने चेष्टा गरिरहेका हुनसक्छ । मोवाइलमा कुरा गर्न खोज्ने, बेलाबखत म्यासेज गर्ने, फेसबुकमा च्याट गर्ने कुरामा रुची देखाउँछ भने उसले तपाइलाई मन पराएको छ भनेर बुझे हुन्छ ।
४. यदि कसैले तपाईलाई मन पराउँछ भने उसले हर कुरामा सहयोग गर्ने इच्छा राख्छ । सहयोग गरेर तपाईको मन जित्ने कोसिसमा लाग्छ । यदि कसैले तपाइलाई सहयोग गर्ने, सद्भाव राख्ने प्रयास गर्छ भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
Views: 0