पिछा छुटाउन पाकिस्तानीले श्रीमतीलाई भारतको सीमातिर धकेलिदिए, भारतीय सेनाले हान्यो गोली

२०७५ फाल्गुन ९, बिहीबार १८:२१ गते २०७५ फाल्गुन ९, बिहीबार १८:२१ गते २०७५ फाल्गुन ९, बिहीबार १८:२१ गते

एजेन्सी। कश्मिरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि यहाँ एउटा अत्यन्तै दुःखद् घटना भएको छ । एक पाकिस्तानी युवकले आफ्नी श्रीमतीबाट छुटकारा पाउन चाहन्थे त्यसपछि उनले आफ्नी श्रीमतीलाई जबरजस्ती भारतको सीमाभित्र धकेलिदिए ।

बुधबार जब ती महिलाले भारतको सीमामा प्रवेश गरिन् लगत्तै भारतीय सेनाले उनलाई गोली हानिदियो । जवानहरुले नजिक गएर हेर्दा महिला घाइते अवस्थामा भेटिइन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय गुप्तचर एजेन्सीले भने महिलालाई जासुसीको लागि पठाइएको आशंकामा जाँच गरिरहेको जनाएको छ ।

महिलाको उपचार भएपछि उनलाई हिरासतमा लिएर सोधपुछ गर्ने तयारी गरिएको छ । महिलासँगबाट एउटा फुटेको मोवाइल भेटिएको छ ।

महिलाले भने आफू सीमानजिकैको गाउँकी भएको बताएकी छिन् । उनका पतिले उनीसँग पिछा छुटाउन चाहेको र अहिले दुई देशबीच स्थिति बिग्रिएको बेला उनलाई जबरजस्ती भारतीय सीमाभित्र धकेलिदिएको बताएकी छिन् ।

महिलाका अनुसार कुहिरोका कारण उनले बाटो बिराएर भारतको सीमाभित्र निकै अगाडि बढेकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *