गुगलमा ट्वाइलेट पेपर सर्च गर्दा पाकिस्तानको झण्डा देखिएपछि

२०७५ फाल्गुन ९, बिहीबार १८:२८ गते २०७५ फाल्गुन ९, बिहीबार १८:२८ गते २०७५ फाल्गुन ९, बिहीबार १८:२८ गते

एजेन्सी : प्रबिधिको युगमा हामी सबैले विश्वासका साथ आफुलाई थाहा नभएको कुनै समान वा ठाउँ खोज्न गुगलको प्रयोग गर्ने गर्छौ।

तर गूगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’ सर्च गर्दा पाकिस्तानको झण्डा देखाएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भईरहेको छ । ट्वीटर, फेसबुक, इन्स्टाग्राम जस्ता विभिन्न सामाजिक सन्जालमा गूगलमा देखिएको यो गडबडीको स्क्रिनसट भाइरल भइरहेको छ।

ट्वाइलेट पेपर सर्च गर्दा पाकिस्तानी झण्डाको अलावा यससँग सम्बन्धित बिभिन्न मिडिया रिपोर्ट पनि देखिन्छ। गूगलमा देखिएको यस्तो समस्या कहिले समाधान हुन्छ भन्ने कुराको जवाफ गूगलले दिएको छैन्।

सर्च इन्जिन गुगलमा कुनै कुरा खोज्दा आपत्तिजनक कुराहरु देखाउनु नयाँ भने होइन। यसअघि ‘फेकु’, ‘पप्पु’ र ‘इडियट’ जस्ता शब्द सर्च गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखाउँथ्यो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *