पुलिसले गोली हानेर जिउँदै पोष्टमार्टम गर्न लग्यो, हेर्नुस दर्दानक कथा !!

२०७५ फाल्गुन ९, बिहीबार २२:४७ गते २०७५ फाल्गुन ९, बिहीबार २२:४७ गते २०७५ फाल्गुन ९, बिहीबार २२:४७ गते

घटना २०७४ साल काक्तिक १० गते शुक्रवार को हो । यस दिन, झापा अर्जुनधारा नगरपालिका ११का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई प्रहरीले कानुनी दायरामा नल्याएको भन्दै स्थानीयले झापाको विर्तामोडमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र १ जना गम्भीर घाईते बनेका थिए ।

आन्दोलनमा अर्जुनधारा नगरपालिका ११कै नरेश थापाको मृत्यु भएको थियो भने इलाम माई नगरपालिका २ स्थायी घर भई विर्तामोडमा बस्दै आएका मणी नेपाली गम्भीर घाईते बनेका थिए । नेपाली हाल दयनिय जिवन विताउन बाध्य छन् ।केही महिनाको उपचार पछी उनी घर त फर्कीए तर हाल उनको दैनिकी नाजुक छ ।

पेटमा र देव्रे हातमा गोली लागेका उनी अहिले अपाङ्गझै जिवन जिउन बाध्य छन् ।सरकारले काठमाण्डौको विर अस्पताल तथा ललितपुरको ट्रमा सेन्टरमा महिनौ दिन राखेर निशुल्क उपचार गरी फर्काएपनि हाल उनीसंग थप उपचारका लागी काठमाण्डौसम्म पुग्ने भाडा सम्म नहुँदा उनको दैनिकी कष्टकर बन्दै गएको हो । उपचार बाहेक राज्यले राहतका बिषयमा कुनै सम्बोधन नगर्दा आफु मरेतुल्य भएको उनको दुखेसो छ ।

नेपाली हाल झापा विर्तामोड वडा नम्बर ६मा भाडामा बस्दै आएका छन् ।सामान्य ज्याला मज्दुरी काम गर्दै आएका उनी गोली लागेपछी कुनै काम गर्न नसक्ने भएपछी १ छोरा र श्रीमती सहितको ३ जनाको परीवार कष्टपुर्ण जिवन जिउन बाध्य छ ।अरुका घरमा लुगा तथा भाँडा माझ्ने काम गर्दै आएपनि विहान बेलुका छाक टार्न बाहेक ९ महिनादेखी कोठा भाडा तिर्न नसकेको नेपालीकी श्रीमती बताउँछीन् ।

राज्यकै गल्तीकाकारण आफ्नो दैनिक जिवीको पार्जनमा समस्या भएको बताउँदै पिडित नेपाली आफु पटक पटक स्थानीय सरकारको ढोका ढक्ढक्याउन पगे पनि मागको कुनै सुनुवाई नभएको र आफुलाई वेवास्ता गरीएको गुनासो गर्छन ।पिडित नेपालीलाई हाल गाँस बाँस र कपासकै खाँचो छ ।अनेकौँ कष्टबाट गुज्रीरहेका उनलाई स्थानिय सरकार,विभिन्न राजनितिक दल तथा सरोकारवाला निकायले स्वास्थ्य उपचारमात्र होइन राहतको समेत व्यवस्था गर्न जरुरी देखिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *