दुई भाइ बहिनीले हजुरबुवाको मृत्यु भएपछि उनको कोठा सफा गर्दै थिए। अचानक उनीहरुको आँखा एउटा पुरानो बाकसमा पर्यो।
त्यसपछि उनीहरुले उक्त बाकस खोल्ने निधो गरे। बाकस खोलेर हेर्ने वित्तिकै बाकसमा भएको चीजले उनीहरु चकित भए।
यो घटना अमेरिकाको हो। त्यहाँका दुई भाइ बहिनी माइक र मारिया लोपेजले उक्त बाकस खोल्ने वित्तिकै हजुर बुवाले सानोमा सुनाउने कहानीको वास्तविकता थाहा पाए।
माइकले भने जब हामी दुबै साना थियौँ तब हामीलाई हजुरबुवाले समुद्री लुटेकाको कथा सुनाउनुहुथ्यो।
उक्त लुटेराकाको नाम जोस ग्यासपर थियो। उहाँले उक्त लुटेराको खजाना भेटाएको बताएको बताउनुहुथ्यो। तर हामी त्यो कुरा कहिलै ध्यान दिएनौँ। हामीले हजुरबुवाले मजाक गरेको सम्झियौँ।
जब एक दिन हाम्रो आँखा हजुरबुवाको पुरानो बन्द बाकसमा पर्यो, तब उहाँले सानोमा सुनाएको कथाका बारेमा थाहा भयो।
दुबैले एक पुराना कागज भेटायौँ, त्यसमा एक नक्सा थियो। जुन सन् १९३० मा बनेको फ्लोरिडाको थियो। त्यसपछि दुबैलाई उक्त बाकसमा केही रहस्य भएको आशंका थियो।
जब उनीहरुले उक्त बाकस फेरि खोतले तब उनीहरुको होस् उड्यो। उक्त दृष्य कुनै हरर फिल्म भन्दा कम थिएन्।
हामीले उक्त बाकसमा कुनै व्यक्तिको हात भेटायौँ। जुन हात सम्हालेर राखिएको थियो। उनको औँलामा अर्को औँला पनि थियो ।
उनको साथमा केही पुराना क्किा पनि थिए। सिक्का १६ शताब्दीका थिए। जुन पोर्तुगल र स्पेनका थिए। तर दुबैलाई यो कुरा थाहा भएन् की यो हात कसको हो, माइकले भने ।
त्यसपछि उनीहरुले एक विज्ञलाई बोलाएर यस बारेमा बताए। विज्ञले उक्त सिक्का सामुद्रिक लुटेराको भएको बताए। तब उनीहरुलाई हजुरबुवाले सानोमा सुनाएको कथा याद भयो।
तर उक्त हात कसको भन्ने कुरा अहिले पनि रहस्यमय छ। एजेन्सी
Views: 0