स्कुटर चेकजाँच गर्दा प्रहरीको एक्कासी उड्यो होस्

२०७५ फाल्गुन ११, शनिबार ०८:०६ गते २०७५ फाल्गुन ११, शनिबार ०८:०६ गते २०७५ फाल्गुन ११, शनिबार ०८:०६ गते

राजधानी काठमाडौंमा अपराधका घटनाका बढेसंगै प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ। अपराध र अपराधीलाई नियन्त्रण गर्न प्रहरीले कडाईका साथ नयाँ नयाँ तरिका अपनाउदै आएको छ।राजधानीका बिभिन्न स्थानहरुमा अपराधी क्रियाकलापहरु पनि घटिर हँदा प्रहरीले पनि दिनप्रतिदिन कडा कदमका साथ अपराधीहरु पक्राउ गरी सार्वजनिक गर्दै आएको छ।

त्यसै क्रममा शुक्रबार प्रहरीको एक टोलीले संकास्पद रुपमा एउटा स्कुटर चेकजाँच गर्दा प्रहरी नै चकित परेका छन्। महानगरीय प्रहरी प्रभाग कोटेश्वरले बा ७८ प ८६१४ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा ललितपुर पाटन बस्ने प्रदिप शाक्यको साथबाट ठूलो मात्रामा लागुऔषध फेला पारेको छ।

शाक्यको स्कुटरमा डाईजेपाम, फेनरागन र नुफिन गरी २१ एम्पुल र सिरिञ्ज १२ वटा बरामद गरी उनलाई नियन्त्रणमा लिएको छ। विभिन्न प्रकृतिका घटनाहरु सार्वजनिक हुँदै गर्दा शुक्रबार मात्रै काठमाडौंमा मात्र लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरे को छ।जसमा जोरपाटी स्थित सुजन मगरको कोठा खानतलासी गर्दा अबैध लागुऔषधसहित पक्राउ गरेको हो।

उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो।फेनरागन नुफिन र डाईजोपाम गरी ४१ एम्पुल, मोबाईल सेट १८ थान , विभिन्न कार्यालय तथा विद्यालय, संस्थाहरूका छाप १ सय ८९ थान तथा विभिन्न कागजपत्रहरू पनि फेला पारेको छ।

सोही घटनामा संलग्न उनको भाई सुरेश मगरलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।त्यस्तै प्रहरी प्रभाग दूधपाटीको टोलीले पनि लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोलखाका सुकमान तामाङ, काभ्रेका विवेक तामाङ, रामेछाप का बुद्ध नारायन श्रेष्ठ रहेका छन्।

भक्तपुर दूधपाटी स्थित आर्मी स्कुल अगाडी उनलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नुफिन, डाईजेपाम र प्रोभेथाईजन ६८ एम्पुल बरामद गरेको छ।त्यस्तै महानगरीय प्रहरी प्रभाग नागढुङगाले पनि बुटवलबाट काठमाडौं आउदै गरेको लु १ ख ८२१५ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा रूपन्देहीका सन्दिप थापाको साथबाट लागुऔषध नाईट्राभेट १ सय ३८ ट्याबलेट बरामद गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *