काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा श्रीमती पिडित पुरुषहरुको संख्या बढ्दै जान थालेको छ । रामेछाप जिल्लामा सम्बन्ध विच्छेद गर्न चाहाने पुरुषहरुको संख्या बढ्न थालेको छ ।
नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने गरी कानुन निर्माण गरेपछि यो संख्या बाहिर आएको हो ।
जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्नेहरुमा महिलाको तुलनामा पुरुषको संख्या बढ्दै गएको हो ।
नयाँ कानुन लागू भएपछि रामेछापमा भदौ १ गतेबाट हालसम्म १९ जना पुरुषले सम्बन्ध विच्छेदको लागि जिल्ला अदालत रामेछापमा निवेदन दर्ता गराएको जनाइएको छ ।
त्यसैगरी १३ जना महिलाहरुले पनि सम्बन्ध विच्छेद गर्नको लागि निवेदन पेश गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार गेहेन्द्र रेग्मीले बताउँनुभयो ।
उहाँले भन्नुभया, “नयाँ कानुन अनुसार पुरुषले पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने भएपछि अहिले सम्बन्ध विच्छेदको लागि आउने पुरुषको सङ्ख्यामा वृद्धि भएको छ ।”
Views: 0