किन यी पाकिस्तानी युवतीसंग जोडियो क्रिकेटर सन्दिप लामिछानेको नाम

२०७५ फाल्गुन ११, शनिबार १४:५७ गते २०७५ फाल्गुन ११, शनिबार १४:५७ गते २०७५ फाल्गुन ११, शनिबार १४:५७ गते

काठमाडौं। एशिया कप २०१८ मा भारत र पाकिस्तानबीचको खेलमा दर्शक दीर्घामा देखिएर भाइरल भएकी पाकिस्तानी सुन्दरी पुनः चर्चामा छिन् ।

त्यतिबेला निकै भाइरल भएकी यी युवती अहिले पुनः चर्चामा आउनुको कारण हो हिजो बेलुका भएको खेल ।

हिजोको खेल लाहोर कलन्दर्स र मुल्तान सुल्तानबीच भएको थियो । नेपाली खेलाडी सन्दिप लामिछाने पनि यो खेल खेल्दै थिए । यो खेलमा पनि ती सुन्दरी दर्शक दीर्घामा देखिइन् ।

यी सुन्दरी एशियाकपकै बेला भाइरल भएकी हुन् । उनको सुन्दरताको त्यतिबेला निकै चर्चा चलेको थियो । सामाजिक संजालमा उनको सुन्दरताको निकै चर्चा चलेको थियो ।

सामाजिक संजालमा उनको बारेमा विभिन्न पोस्टहरु गर्नेमा अधिकांश भारतीय फ्यानहरु थिए । यी युवतीको नाम निव्या नवोरा भएको दावी गरिएको छ । यद्यपि सामाजिक संजालमा उनको बारेमा यसबाहेक थप जानकारी प्राप्त हुन सकेको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *