नेपाली बस्ती डुबानमा पर्नेगरी सिमानामा बाँध बनाउँदै भारत

२०७५ फाल्गुन ११, शनिबार १५:१५ गते २०७५ फाल्गुन ११, शनिबार १५:१५ गते २०७५ फाल्गुन ११, शनिबार १५:१५ गते

सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ ।

भारतीय पक्षले सन्धिसम्झौताविपरीत सीमामा आफूखुशी ड्याम निर्माण गर्न थालेपछि यस क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ ।

भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो ।

वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको कैलारी ३ का वडाअध्यक्ष कैलाश चौधरीले बताए ।

उनले भने, ‘अब वर्षातमा करिब १३ सय घरधुरी डुबानमा पर्ने निश्चित छ ।’

पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गर्न थालिएपछि बस्ती डुबानको उच्च जोखिममा परेको उनले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *