आतंकवादी हमलापछि भरतको यस्तो कठोर निर्णय : भारतबाट पाकिस्तान जाने ३ नदि नै बन्द गर्दै भारत

२०७५ फाल्गुन ११, शनिबार १६:०३ गते २०७५ फाल्गुन ११, शनिबार १६:०३ गते २०७५ फाल्गुन ११, शनिबार १६:०३ गते

भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षाकर्मीमाथि ४५ भन्दा बढी अधिकारीको मृत्यु हुनेगरी भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव बढ्दो छ। भारत सरकारले यसअघि पाकिस्तानविरुद्ध केही कदम चालिसकेको छ भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूमाथि हमला भए अन्य विकल्प नसोचिकनै जवाफ दिने चेतावनी दिइसकेको छ।

भारत र पाकिस्तानबीचको बढ्दो चनाव रोकिने लक्षण देखिएको छैन। क्रिकेट विश्वकपमा पाकिस्तानको सहभागीतालाई लिएर भारतले जनाइरहेको असन्तुष्टि आइरहेकै बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले भारत भएर पाकिस्तान जाने तीन नदीको बहाव रोक्ने घोषणा गरेको छ।

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले बीबीसीलाई दिएको जानकारी अनुसार दीर्घकालिन योजनाअनुसार भारत भएर पाकिस्तान जाने तीन नदीलाई रोक्ने निर्णय भएको बताएका छन्। गडकरीले यो फैसलासँग कश्मीरको पुलवामा सुरक्षाकर्मीमाथि भएको हमलासँग कुनै सम्बन्ध नभएको बताएका छन्। यसमा सिन्धु नदी भने नपरेको उनले जानकारी दिए।

भारतले रावी, सतलज र ब्यास नदीकोपानी ड्याम बनाएर रोक्न लागिएको गडकरीले जानकारीले जानकारी दिए। उनले शाहपुर-कान्डी ड्याम निर्माणको काम पुलवामा हमला पहिले नै शुरु भइसकेको उनले दाबी गरेका छन्। उनले अब मोदी नेतृत्वको मन्त्रिपरिषद अन्य दुई ड्याम बनाउने निर्णयमा पुग्ने बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *