नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुको लडाइँ काश्मिर जनताविरुद्ध नभएको बताएका छन्।
पलुवामा घटनापछि काश्मिरी नागरिकमाथि देशका विभिन्न भागमा ज्यादती भइरहेका बेला मोदीले आफूहरु काश्मिरको रक्षाका लागि लडिरहेको बताए। राजस्थानमा चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हाम्रो लडाइँ काश्मिरका लागि हो। काश्मिरीको विरुद्ध होइन।’
काश्मिरका बच्चा समेत आतंकवादबाट पीडित रहेको र उनीहरु यसलाई अन्त्य गर्नका लागि साथ दिनका लागि तयार रहेको भन्दै मोदीले आफूहरुले उनीहरुलाई साथमा लिएर जाने स्पष्ट पारेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।
मोदीको यो अभिव्यक्तिको जम्मू काश्मिरका पूर्व मुख्यमन्त्री एवं नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले स्वागत गर्दै आफूहरुको मनको कुरा बोलेकोमा धन्यवाद दिएका छन्।
प्रधानमन्त्री माेदीले पाकिस्तानसँग एक एक हिसाब लिने चेतावनी समेत दिए। भारतले उठाएका पछिल्ला कदमले पाकिस्तानमा हंगामा मच्चिएको दाबी गर्दै यो जारी रहने उनले बताए। उनले आफूहरुको लडाइँ आतंकवाद र मानवताका दुश्मनविरुद्ध जारी रहने पनि स्पष्ट पारे।etajakhabar
Views: 0