आज ह्वात्तै घट्यो सुनको भाउ, जान्नुहोस तोलाको कति ?

२०७५ फाल्गुन १२, आईतवार १२:४२ गते २०७५ फाल्गुन १२, आईतवार १२:४२ गते २०७५ फाल्गुन १२, आईतवार १२:४२ गते

काठमाडौँ-सुनको मूल्य आज आईतबार ह्वात्तै घटेको छ। गत बुधबार सुनको मूल्य एकै पटक ६ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा सात सयले घटेको छ ।

आज आईतबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।। यसअघि छापावाल सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *