बिहान बिर्सेर पनि नगर्नुहोस् यी ६ गल्ती, बढ्नेछ तौल

२०७५ फाल्गुन १२, आईतवार २२:०९ गते २०७५ फाल्गुन १२, आईतवार २२:०९ गते २०७५ फाल्गुन १२, आईतवार २२:०९ गते

तौल बढ्ने समस्याले थुप्रै मानिसहरुलाई सताइरहेको हुनसक्छ । यो समस्या त्यतिबेला बढ्छ जब हामी बिहानको समयमा केही बानीलाई रुटिनमा समावेश गर्ने गर्दछौं । यी बानीको नराम्रो असर हाम्रो मेटाबोलिजम क्रियामा पर्ने गर्दछ । जसका कारण क्यालोरी ठिक तरिकाले बर्न हुन पाउँदैन जुन बोसोमा परिवर्तन हुन् गर्दछ । यस्तो अवस्थामा हाम्रो तौल बढ्न थाल्छ ।

अत्यधिक सुत्नुः
बिहान अबेरसम्म (१० घण्टाभन्दा बढि) सुत्दा शरिरमा कार्टिसोल नामक स्ट्रेस हर्मोन बन्न थाल्छ । यो हर्मोनले शरिरमा बोसो बढाउने गर्दछ । (पीएलओएस वन जर्नलमा प्रकाशित अनुसन्धान)
घाममा नबस्नुः
बिहानको घाममा पाइने अल्ट्रोभेएलेट किरणले फ्याट बर्निङ प्रोसेस तिब्र बनाउँछ । यदि हामी दैनिक बिहान २० वा ३० मिनेट घाममा बस्दैनौं भने तौल बढ्न थाल्छ । (पीएलओएस वन जर्नलमा प्रकाशित अनुसन्धान)
नास्ता नगर्नुः
जो मानिसहरु बिहानको नास्ता गर्दैनन् उनीहरुको फ्याट बर्निङ प्रोसेस स्लो हुने गर्दछ । नास्तामा प्रोटिन र कार्बोहाइड्रेटलाई अवश्य पनि समावेश गर्नुहोस् । (तेलअविव युनिभर्सिटी, इजराइलको अनुसन्धान)
व्यायाम नगर्नुः
दैनिक २० मिनेट मर्निङ वक वा शारिरिक व्यायाम नगर्दा मेटाबोलिजम (फ्याट बर्निङ प्रोसेस) स्लो हुने गर्दछ । यस्तोमा तौल बढ्न सक्छ ।
हाई क्यालोरी भएको स्न्याक्स खानुः
बिहान पेट निकै खाली हुने गर्दछ । यो क्रममा यदि उच्च क्यालोरीयुक्त स्न्याक्स जस्तै चिप्स, स्यान्डविच वा बर्गर खाँदा यो फ्याटमा परिवर्तन हुने गर्दछ । यसले मोटोपना बढ्नसक्छ ।
पानी न पिउनुः
बिहान खाली पेटमा एक वा दुई ग्लास मनतातो पानी पिउँदा शरिरको टक्सिन बाहिर निस्कन पाउाछ । यसले फ्याट बर्निङ प्रोसेस स्लो हुने गर्दछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed