यौनान्द लिनका लागि जब आफ्नो यौनाङ्ग स्पर्श गरिन्छ, हस्तमैथुन त्यही हो । हरेकले यो आ–आफ्नै ढंगले गर्छन् ।
हस्तमैथुनको क्रममा उनीहरु यौनजन्य दृश्य, वस्तु आदिको कल्पनामा डुब्छन् । हस्तमैथुन गल्ती होइन । यो आनन्द अनुभूत गर्ने प्राकृतिक तरिका हो ।
यसले स्वंमलाई आनन्द दिलाउँछ । यो नितान्त व्यक्तिगत कुरा पनि हो । सार्वजनिक स्थानमा यस्तो काम गर्नु गैर कानुनी मानिन्छ ।
हस्तमैथुन युवा–युवती दुबैले गर्छन् । युवाहरुमा १७ बर्षको उमेरपछि हस्तमैथुनको इच्छा तिब्र हुन्छ । के यसले स्वास्थ्यमा हानी गर्छ ? हस्तमैथुनले स्वास्थ्यमा कुनै हानी गर्दैन ।
हस्तमैथुनले पागल वा अन्धा बनाउँदैन । हस्तमैथुन गर्दा आँखको तल कालो हुने वा शारीरिक विकास रोक्ने पनि गलत कुरा हुन् ।
सत्य त के भने, यसले हाम्रो तनाव कम गर्छ । शरीरमा खुसी संचार गराउँछ । खुसी ल्याउने हर्मोन इन्डारफिन्स श्राव गराउँछ । यसले रिल्याक्स महसुष हुन्छ । साथै हस्तमैथुनले सुत्नका लागि सहयोग गर्छ, निजी अंगलाई सक्रिय राख्छ ।
हस्तमैथुनले स्वास्थ्यमा हानी नपुर्याउने मात्र होइन, बरु यौन सम्पर्कभन्दा यो सुरक्षित र गोप्य पनि हुन्छ । यौन सम्पर्कमा कतिपय खतरा वा समस्या हुन्छ, जो हस्तमैथुनमा हुँदैन ।
यसले यौनजन्य रोगहरु सर्ने भय पनि हुँदैन ।
Views: 0