काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको १ वर्ष नाघेको छ । यतिबेला प्रधानमन्त्री ओलीको एक वर्षे कार्यकालको समिक्षा भइरहेको छ । त्यसो त प्रधानमन्त्री ओलीले आफ्नो वार्षिक कार्यप्रगतीपनि सार्वजनिक गरिसकेका छन् ।
प्रधानमन्त्रीले चालु आर्थिक वर्ष कानुन निर्माण तथा उद्घाटनको वर्ष हुने र अर्को वर्षदेखि विकास निर्माणको वर्ष सुरु हुने बताउँदै आएका छन् । यसका साथै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको पनि बताउँदै आएका छन् ।
तर, विगत एक वर्षमा ओलीको प्राथिमिकता विपरित मुलुकमा शान्ति सुव्यवस्था खल्बल्याउने थुप्रै घटनाहरु भए जसमा सरकारको साथ गिराउन महत्वपूर्ण भूमिका निभायो । प्रहरीको तथ्याङ्क नियाल्ने हो भने पनि आर्थिक वर्ष २०७३ ७४ मा भन्दा २०७४ र ७५ मा अपराधको रेखा ह्वात्तै बढेको देखिन्छ ।
पूरा जानकारीको लागि केन्द्रबिन्दु न्युज ले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्…
Views: 0