धेरै वीर्य फाल्नु फाइदा कि बेफाइदा ? यस्तो छ चिकित्सकको सल्लाह : जान्नुहोस।

२०७५ फाल्गुन १३, सोमबार १७:३४ गते २०७५ फाल्गुन १३, सोमबार १७:३४ गते २०७५ फाल्गुन १३, सोमबार १७:३४ गते

चिकित्सकका अनुसार पछिल्लो समय अधिकांश पुरुषमा पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी समस्या बढी देखिएको छ । यसबाहेक अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्याले पुरुषहरुलाई सताएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जकाका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन प्रा .डा. उत्तम शर्माले यस्तो रोगमा खासगरी यौनशक्तिमा कमी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेको जस्तो हुने तर फेर्न जाँदा नआउने जस्ता लक्षण देखिने बिरामी आफूकहाँ आउने गरेको बताएका छन् ।

यी मध्ये कुनै पनि समस्य भए प्रोस्टेट ग्रन्थीमा संक्रमण भएको बुझ्न सकिन्छ । समयमै यसको उपचार नगरे क्यान्सर लाग्ने सम्भावना प्रबल हुन्छ । (समरण रहोस पुर्व रास्ट्रपति रामबरण यादवलाई पनि प्रोस्टेट क्यान्सर भएको थियो)

युरोलोजिस्ट डा दीपक रौनियारका अनुसार प्रोस्टेटसम्बन्धी रोगमा उपचार गर्दा ठूलो समस्या नभए पनि सङ्क्रमण बढ्दै गए यसले धेरै कष्ट त दिन्छ नै पारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ ।

‘प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि समस्या देखिन थाल्छ । जति वीर्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुने डा रौनियारको भनाइ छ ।

चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौन सम्पर्क नहुँदा प्रोस्टेटमा समस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि नियमित यौन सम्पर्क गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी सङ्क्रमणबाट बच्ने र म्योग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरलगायत खाने गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *