साबधान!! बफ मम खाँदै हुनुहुन्छ ?आयो रहस्यमय समाचार। यी कुरामा ध्यान दिने कि ?हेर्नुहोस।

२०७५ फाल्गुन १४, मंगलवार ०६:०२ गते २०७५ फाल्गुन १४, मंगलवार ०६:०२ गते २०७५ फाल्गुन १४, मंगलवार ०६:०२ गते

काठमाडौं । तपाईंलाई काठमाडौंमा मनपर्ने परिकार के हो ? प्रश्न खस्न नपाउँदै तपाईं शायद मुखभरि पानी निकालेर भन्नुहुन्छ- ‘तात्तातो बफ मम ।’ काठमाडौंमा ‘बफ मम’ जहाँ पनि, जहिले पनि पाइने एक सर्वपि्रय परिकार हो ।तर, यो परिकारको कुरा गर्दा जसरी तपाईं घुटुक्क थुक निल्नुहुन्छ, उसैगरी तपाईंले स्वाद मानेर निल्ने त्यो ममको पर्दा पछाडि कथाको अर्को पाटो पनि लुकेको हुन सक्छ ।

झट्ट सुन्दा त यो कुरा केवल भावनात्मक मात्र लाग्न सक्छ । तर, हामी कस्तो पशु, कुन मनोदशाबाट गुजि्ररहेको र कसरी बध गरेर खान्छौं भन्ने कुराले तपाईं/हाम्रो स्वास्थ्यलाई खास प्रभाव पार्छ ।

आखिर, त्यो मम बन्ने ‘बफ’ कसरी तपाईंको प्लेटसम्म आइपुग्छ ? खासगरी काठमाडौंले दिनहुँ अत्याधिक बफ अर्थात राँगा-भैंसीको मासु खपत गर्छ । केही बर्षको तथ्यांक अनुसार बर्षमा औसत दुई वा अढाई लाख राँगा-भैसी काठमाडौंवासीको खान्की बन्छ ।

यसरी खपत हुने मासुमध्ये धेरैजसो मैदाको डल्लोमा बफ्याएर बेचिन्छ । अर्थात बफ मम बनाएर । त्यसैगरी, यसबाट छोयला, कचेला, भुटन, सेकुवा अरु थुप्रै परिकार बनाइन्छ । तर, यहाँ मम, छोयला आदि परिकारभन्दा पनि यसको स्रोतका बारेमा चर्चा गर्न लागिएको हो ।उल्लेखित परिकारको स्रोत भनेको, तराई वा उपत्यका बाहिरबाट आयात गरिने राँगा-भैंसी हुन् । ति राँगा-भैंसी मासुकै लागि पालिएका मात्रै होइनन् । दूध दुहुँदा-दुहुँदै बुढो भएर, खेत जोत्दाजोत्दै रोगी भएर थाकेका, गलेका र जीर्ण बनेका राँगा-भैंसीसमेत काठमाडौं भित्र्याइने गरेको छ ।

ती राँगा-भैंसी आफैंमा रोगी, कमजोर, बुढा हुन्छन्, जसलाई अति निर्ममताका साथ ट्रकमा कोचिन्छ । नाथ्रीमा प्वाल पारी दाम्लोले बाँधेर, पुच्छरमा डोरी बाँधेर, हलचल गर्न नसक्ने गरी ढुवानी गरिन्छ । राँगा-भैंसीलाई ठूल-ठूला ट्रकमा कोचेर, घण्टौंको बाटोबाट काठमाडौं ल्याइन्छ ।

यहाँ ल्याउँदासम्म तिनीहरुले कति आँशु बगाइसकेका हुन्छन्, कति रगत बगाइसकेका हुन्छन् । राँगा-भैंसीको शरीरभरि घाउ लागिसकेको हुन्छ । ट्रकमा कोचेर राँगा-भैसी ढुवानी गरिरहेको दृश्य हेर्दा पक्कै पनि तपाईंको मन अत्यासले मडारिनेछ ।

पशुलाई निर्दयी ढंगले ढुवानी नगर्न सर्वोच्चको आदेश

यसैवीच सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै पशु ढुवानी गर्दा निर्दयी कार्य नगर्ने व्यवस्था गराउनुपर्ने जनाएको छ । पशु ढुवानी मापदण्ड २०६४ मा भएको कानुनी व्यवस्थालाई तत्काल लागु गराई पशु ढुवानी गर्दा निर्दयी कार्य नगराउन न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले परमादेश दिएको हो । उक्त परमादेशअनुसार पशु ढुवानी गर्दा पशुलाई सहज हुने गरी राख्ने स्थान, वातावरणमैत्री सवारी साधनको व्यवस्था गर्नुपर्नेछ । ढुवानी गर्दा कुनै पनि पशुलाई नाके डोरीले बाँधी टाउकोमाथि बाध्ने, पशुको पुच्छर वा खुट्टामा बाँधी तल बस्न नहुने गरी माथि तन्काई डोरी वा अन्य साधनले बाँध्ने खालको निर्दयी व्यवहार नगर्नु भनिएको छ ।

पशुको ढुवानी गर्दा पशुलाई शरीरमा कुनैपनि असर पर्न नहुने, अंगभंग हुन नहुने, अत्याधिक चिसो वा तातोबाट बचाउनुपर्ने जस्ता आदेश जारी गरिएको छ । रोगी, जीर्ण र निरीह पशुः हाम्रो भोजन ? रोग, भोक र शोकले ग्रस्त यी निरीह पशुलाई निर्ममताका साथ बध गरिन्छ ।

र, रोग र बुढ्यौलीले थिलथिलो भएका यिनै पशुको मासुबाट बनेको ममलाई हामी स्वाद मानेर खान्छौं । त्यसैबाट छोयला, कचेला, भुटन बन्छ । हामी मीठो मानीमानी खान्छौं । जरुर, मासु हाम्रो खान्की हो । मासुले हामी भोक र स्वाद मात्र मेट्दैनौं, शरीरमा आवश्यक पोषक तत्व पनि परिपूर्ति गर्छौं । तर, कस्तो मासु ? कस्तो पशुको मासु ? कसरी बध गरिएको मासु ? यी प्रश्न विचारणीय छन् । यसरी बध गरिएको पशुलाई भण्डारण गर्ने, पकाउने ठाउँको ख्या गर्नुपर्ने कुरा अर्को महाभारत छ ।

यहाँसम्म आइपुग्दा तपाईंलाई लाग्न सक्छ, यी भावनाका कुरा भए । प्रश्न गर्न सक्नुहुनेछ, ‘जसरी बध गरे पनि मासु भनेको मासु हो, यसले स्वास्थ्यलाई के फरक पार्छ ?’ किन चाहिन्छ स्वस्थकर मासु ? फरक पार्छ । धेरै फरक पार्छ । पशुपंक्षीको मासु विश्वमै खाइन्छ । विश्वकै समुदायले मासुलाई आफ्नो परिकार बनाउँछ ।

केही समयअघि प्रकाशित एक लेखअनुसार संभ्रान्त समुदाय वा धनी मुलुकमा मासुको बढी खपत भइरहेको छ । एकातिर मासु खान छाड्नेहरुको जमात बढ्दैछ भने अर्कोतिर मानिसको क्रय क्षमता बढेसँगै मासुको खपत पनि बढ्दैछ ।

तर, विश्वले खाने मासु अझ भनौं उन्नत मुलुकका नागरिकले खाने मासु र हामीले खाने मासु उस्तै होइन । उनीहरुले त्यही मासु खपत गर्छन्, जो मासुकै लागि पालिएको पशुपंक्षीको हो । ती पशुपंक्षी जसलाई अति स्वस्थ्यकर ढंगले पालन-पोषण गरिन्छ । निरोगी, जवान र तन्दुरुस्त पशुपंक्षी नै उनीहरु मासुको लागि योग्य मान्छन् । ती पुशपंक्षीको बध यसरी गरिन्छ कि, त्यसले कुनै पीडाबोध गर्नै पाउँदैन । मृत्यु र पीडाको भयबाट उन्मुक्त रहेर थाहै नपाई काटिएका शुद्ध मासुलाई प|mोजन गरेर सेवन गरिन्छ । सेवन गर्ने विधि पनि स्वस्थ्यकर हुने गर्छ ।

तर, हामीले खाने मासु रोगी, जीर्ण पशुपंक्षीको हो । यी पशुपंक्षीलाई अत्यन्तै पीडा दिएर ढुवानी र बध गरिन्छ । जब कुनै पशुलाई पीडा दिएर बध गरिन्छ, त्यसको शरीर विषाक्त भइसक्छ । पीडादायक अवस्थाबाट गुजि्रएका पशुपंक्षीको मासु खानका लागि योग्य हुँदैनन् ।

पशुपंक्षीलाई अव्यवस्थित रुपमा बध गर्ने जुन क्रम छ, त्यसले पर्यावरणलाई पनि उत्तिकै दुषित बनाउँछ । हुन त काठमाडौं नगरपालिकाले उपत्यकाभित्र राँगा भैंसी भित्र्याउन निषेध गर्ने चर्चा अघिल्लो बर्षदेखि नै चलेको हो । अहिलेसम्म त्यसको कार्यन्वयन भए वा भएनन्, सोधीखोजी भएको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *