एजेन्सी । बिर्सने धेरैको बानी हुन्छ । त्यसमाथि पढेको कुरा बिर्सिएर परिक्षामा तनाव बेहोर्ने विद्यार्थीहरु धेरै हुन्छन् । स्मरण शक्ति वृद्धि गर्न र मस्तिष्कलाई स्वास्थ्य र सन्तुलित राख्न मानिसहरु विभिन्न औषधि र योगहरुको अभ्यास गर्छन् ।
आयुर्वेदिक चिकित्साले केही घरेलु खाद्य वस्तुहरुका बारेमा बताउँछ जसले मस्तिष्क सम्बन्धि सम्पूर्ण कुराहरुलाई स्वास्थ्य र सन्तुलित राख्छ ।
ज्वानोको पातले शरीरलाई स्वास्थ्य र जवान राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ जसले मस्तिष्कको दवाइको रुपमा काम गर्छ । यसले अरोमा थेरापीको काम गर्छ ।
दैनिक दुईदेखि चारवटा तुलसीको पात सेवन गर्दा बिर्सने समस्याका लागि रामबाण सावित हुन्छ । केसरलाई मसलाको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग अनिद्राको समस्या हट्नु साथै मस्तिष्क पनि ऊर्जावान रहन्छ, ग्रीन टीमा पाइने पालिफिनालले मस्तिष्कलाई सन्तुलित राख्छ ।
यसलाई दैनिक तीन पटक पिउनाले मस्तिष्क शान्त, एकाग्र र स्मरण शक्ति तेज रहन्छ ।
ओखर धेरै तत्व पाइन्छ । ओमेगा थ्री, फ्याट्टी एसिड, प्रोटिन, फाइबर र अक्सिडेन्ट पाइन्छ । दैनिक ओखर सेवन गर्नाले स्मरणशक्ति मजबूत बन्छ ।
जाइफललाई स्वाद र सुगन्धका लागि प्रयोग गरिन्छ । यसमा पाइने तत्वले मस्तिष्कलाई स्वास्थ्य राख्नुका साथै स्मरण शक्तिलाई बृद्धि गर्छ । दहीमा प्रोटिन, कार्बोहाइड्रेट वसा, खनिज, फलाम, कैल्शियम र फरस्फोरस प्रयाप्त मात्रामा पाइन्छ । यसमा एमिनो एसिड पनि पाइनछ । यसले मस्तिष्कको तनावलाई न्युनिकरण गर्छ र स्मरण शक्ति बढाउँछ ।
Views: 0