भर्खरै फेरी भारतद्वारा पाकिस्तानमाथि आक्रमण

२०७५ फाल्गुन १४, मंगलवार १२:१५ गते २०७५ फाल्गुन १४, मंगलवार १२:१५ गते २०७५ फाल्गुन १४, मंगलवार १२:१५ गते

भारतीय वायु सेनाले पाकिस्तानको सीमाभित्र छिरेर हमला गरेको दाबी गरेको छ ।

एलओसीको एक ठूलो आतंकवादी क्याम्पमा मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले आक्रमण गरेको दाबी गरेको हो ।

उक्त आतंकवादी क्याम्पमा भारतीय सैनिकले १००० किलो बराबरको विस्फोटक पदार्थ खसालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस कुरालाइ पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् ।उनले यस घटनाको केही तस्बिर पनि ट्वीट गरेका छन् ।

आक्रमणमा मानवीय तथा भौतिक क्षति नभएको बताइएको छ । भारत सरकारले यसबारेमा आधिकारिक जानकारी नदिए पनि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी तथा जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लालगायतले भने भारतीय वायु सेनालाई बधाई दिएका छन् ।

भारतीय वायुसेनाले गएको १४ फेब्रुअरीमा ४० भारतीय सैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको जवाफमा यो आक्रमण गरिएको दावी गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *