इस्लामाबाद । आफ्नो भूमिमा घुसेर भारतीय सेनाले गरेको आक्रमणको कडा जबाफ दिने तयारी पाकिस्तानी सेनाले गरेको छ। पाक सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले सेना प्रमुख जनरल कमर जावेद बाजवाले जवाफी कारबाहीका लागि तयार रहन निर्देशन दिएको पुष्टि गरेका छन् ।
यसका लागि एयर चीफ मार्शल मुजाहिद अनवर खान र दुई अन्य प्रमुखसँग पाक सेना प्रमुखले कुराकानी गरेका छन् । उता पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले पाकिस्तानलाई विश्वबाट अलग थलग गराउने भारतीय सपना कहिल्यै पुरा नहुने बताएका छन् ।
यही क्रममा भारतीय आक्रमणको जबाफका लागि प्रधानमन्त्री इमरान खानले मंगलबार सुरक्षापरिषद्को बैठक डाकेका छन् । तर पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले भने सोमबार मात्रै शान्तिका लागि भारत(पाकिस्तान दुवैसँग अपिल पनि गरेका थिए ।
१४ फेब्रुअरीमा पुलवामामा भएको चरमपन्थी हमलाका क्रममा ४२ जना भारतीय अर्धसैनिक बलका जवान मारिएका थिए । यो हमलाको जिम्मेवारी जैस ए मोहम्मदले लिएको थियो । जसलाई भारतले पाकिस्तानमा रहेर आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ।
Views: 0