साबधान!!! के तपाई निर्वस्त्र नुहाउँनुहुन्छ? एक पटक अबश्य पढ्नुस्

२०७५ फाल्गुन १४, मंगलवार १४:४६ गते २०७५ फाल्गुन १४, मंगलवार १४:४६ गते २०७५ फाल्गुन १४, मंगलवार १४:४६ गते

यदि तपाई नुहाउँदा कुनै किसिमको वस्त्रले शरिर नढाकी निर्वस्त्र नहुउँदै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । जान्नुहोस्, भगवान कृष्णको पालादेखि नै किन निर्वस्त्र नुहाउनु हुन्न भनिएको छ।

पद्यपुराण् तथा श्रीमद्भागवत् कथामा निर्वस्त्र नुहाउन हुँदैन भन्ने कुरा सुझाइएको छ । कथामा कृष्ण एक भगवान हुन्, जो संसारभरिका प्रत्येकलाई देखिरहेका हुन्छन् भनिएको छ । भगवान कृष्णले नदीमा नुहाइरहेका गोपिनीहरुको वस्त्र लुकाई निर्वस्त्र नुहाउन हुन्न भन्ने कुराको ज्ञान दिएका थिए ।

भगवान कृष्णका अनुसार निर्वस्त्र नुहाउनाले वरुण देवताको अपमान हुन्छ । एक बन्द कोठामा पनि भगवान र सुक्ष्म जीवहरुको उपस्थिति हुन्छ, र नग्नताले तपाईलाई पापको भागी बनाउँछ ।

गरुड पुराणमा भनिएको छ, स्नान गरिरहेको समयमा पितृ अर्थात् पूर्वज वरपर हुने गर्दछन् । नुहाउँदा वस्त्र(कपडा)बाट खसेको पानीबाट उनीहरु तृप्ति पाउँछन् । यदि निर्वस्त्र भएर नुहाउँनाले अग्रज रिसाउने भई बल, धन र सुख पनि नष्ट हुन्छ भन्ने विश्वास गरिन्छ ।

अरु पनि पढ्नुहोस
राधाले श्रीकृष्णसँग ‘हामी बिहे गरौँ’ भन्दा कृष्णले दिए दिमाग घुमाउने जवाफ
नदीकै बन्धनमा बाँधिएर पनि जसरी दुई किनाराको कहिल्यै मिलन हुन सक्दैन, त्यसरी नै महाभारतका महानायक श्रीकृष्ण र उनकी राधाको पनि कहिल्यै मिलन हुन सकेन। कारण स्पष्ट थियो– श्रीकृष्ण त स्वयं नारायण थिए र नारायण कहिल्यै पनि एकजनाको हुन सक्दैन। नारायण त सबैको हो र सबै नारायणकै हो।

तथापी, यो कुरा राधाले नबुझेकी पनि थिइनन्। जब कृष्णलाई आफ्ना मामा मथुरा नरेश कंशले निमन्त्रणा गरे, तब नन्दगाउँका सबै गोपिनीहरूले कृष्णलाई नन्दगाउँ छोडेर नजान आग्रह गरेका थिए। स्वयं कृष्णकै माताले पनि अलापविलाप गरेकी थिइन् र भगवानसँग प्रार्थना गरेकी थिइन् कि उनको प्यारो पुत्र मखनचोर आफूलाई छोडेर कतै नजाओस्।

तर, नन्दगाउँका सबैजना मध्ये एकजना थिइन्– राधा जसले कृष्णको बाटो छेक्ने प्रयत्न गरिनन्। जब उनकी सखीहरूले सोधे कि कृष्ण त तिम्रो लागि प्राणभन्दा प्यारो थियो भने किन उसको बाटो छेक्दैनौँ, तब राधाले भनिन् कि ‘जो पवनसरी फैलिएको छ, जो पानीसरी बगेको छ, उसको बाटो म कसरी छेक्न सक्छु? मैले छेक्दैमा के पवन रोक्किन्छ र? के पानी बग्न छोड्छ र? जसरी पवन सबैको हो, पानी सबैको हो, त्यसरी नै कृष्ण पनि सबैको हो।”

यस्तो ज्ञानगुनको कुरा गर्ने राधाले पनि एकचोटि श्रीकृष्णसँगको बिछोडदेखि भयभित भएर कृष्णसँग विवाह गर्ने प्रस्ताव राखिन्। तब श्रीकृष्णले मुस्कुराउँदै भने– “हे राधे! विवाहको लागि त दुई व्यक्तिको आवश्यकता पर्दछ– एक वर र अर्को वधु! तर, हामी त एक हौँ, हाम्रो विवाह कसरी हुन सक्छ ?”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *