भारत र पाकिस्तान युद्धमा नेपाललाई गम्भीर झट्का तयारी अबस्थामा गोर्खाली सेना

२०७५ फाल्गुन १४, मंगलवार १९:४५ गते २०७५ फाल्गुन १४, मंगलवार १९:४५ गते २०७५ फाल्गुन १४, मंगलवार १९:४५ गते

काठमाडौं। दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान पाकिस्तान नियन्त्रित कश्मीरमा हवाइ आक्रमण गरेको बताएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । भारतले पाकिस्तान नियन्त्रित कश्मिरमा हवाइ आक्रमण गरेर ३ सय आतंकवादी मारेको वादी गरेको छ ।

पाकिस्ताले भारतको दावीलाई अस्वीकार गरे पनि भारतीय वायुसेना आफ्नो सीमाभित्र छिरेर विष्फोटक खसाएको भने स्वीकार गरेको छ । उसले विष्फोटक पदार्थ खुला ठाउँमा खसेको बताएको छ ।

भारत–पाकिस्तानबीच कश्मिरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रिय उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो ।

नेपालमा विशेष गरी अवैध हतियार, जाली नोट र लागूऔषधको कारोबार हुने गरेको छ । नेपालको बाटो हुँदै यी सामग्रीको तस्करी भारतसम्म हुने गरेको कुरा यसअघिका घटनाले पुष्टि गरिसकेका छन् । यस्तोमा प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो ।

यसअघि कश्मीरको पुलवामामा आक्रमणमा संलग्न भनिएको जैश ए मोहम्मदका संस्थापक मसुद अजहरलाई छुटाउन सन् सन् १९९९ डिसेम्बर २४ मा नेपालको त्रिभुवन विमानस्थलबाट एयर इन्डियाको जहाज अपहरण गरी अफगानिस्तान लगिएको थियो ।

उडान नम्बर ८१४ इन्डियन एयरलायन्स एयरबस ए ३०० विमानलाई आतंकवादीले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्नु पर्ने विमान अफगानिस्तानको कान्दाहार लगिएको थियो । एक सय ७६ यात्रुमध्ये एकको हत्या भएक थियो भने अन्य धेरैलाई घाइते बनाइएको थियो ।

अहिलेको तनावमा संलग्न आतंकवादी संगठनले यसअघि नेपालबाटै विमान अपहरण गरेको इतिहास भएकोमा दुई दिनअघि मात्र बंगलादेशबाट विमान अपहरणको प्रयास भएपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । यी दुई देशबीचको तनावमा छिमेकी देश नेपालको भूमिको प्रयोग गरिने खतरा ठूलो हुन्छ । यही कारण सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *