पाकिस्तानी मिडियाले ‘हामी नेपाल होइनौ भन्दै भारत को खिल्ली उडाए ! हेर्नुहोस भिडियो सहित

२०७५ फाल्गुन १५, बुधबार १२:४५ गते २०७५ फाल्गुन १५, बुधबार १२:४५ गते २०७५ फाल्गुन १५, बुधबार १२:४५ गते

मंगलबार बिहान भारतीय वायुसेनाका विमानले नियन्त्रण रेखा उल्लंघन गर्दै पाकिस्तानीमा बम खसालेपछि दुई देशबीचको विवादले उग्र रुप लिएको छ।

भारतीय लडाकू जेट विमानको एक समूहले पाकिस्तानी भूमिमा प्रवेश गर्दै आतंकी क्याम्पमा १००० किलो बम खसालेपछि पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरैशीले मन्त्रालयमा आकस्मिक बैठक बोलाएका छन्।

उक्त बैठकमा पूर्व परराष्ट्रसचिव र वरिष्ठ कूटनीतिज्ञहरू सहभागी हुने बताइएको छ।साथै घटनालाई लिएर पाकिस्तानी सेनाका उच्च अधिकारीहरु बीच पनि विभिन्न चरणमा वैठक भैरहेको स्थानीय मिडियाहरुले बताएका छन्।

लाइन अफ कन्ट्रोल मिचेर भारतीय पक्षले आक्रमणको प्रयास गरेपछि उचित कदम चाल्न सैनिक बैठकहरु भैरहेको बुझिएको छ। भारतको १२ मिराज २००० जेट विमानले १००० किलो बम पाकिस्तानी भूमिमा खसालेको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन्।

भारतीय सेनाले लाइन अफ कन्ट्रोल मिचेको भन्दै पाकिस्तानी सेनाले घटनाको भत्सना समेत गरेको छ। फेब्रुअरी १४ मा भारतीय सेना माथि भएको आतंककारी हमलापछि पाकिस्तान र भारतबीच तनाव बढ्दै गएको हो।

यसैबीच नेपाल भारतको खुल्ला सिमानाका कारण पाकिस्तानको हमलामा नेपाललाई समेत असर पर्ने भन्दै परराष्ट्रविद्हरूले चिन्ता व्यक्त गरेपछि सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाल यस विषयमा तटस्थ रहनुपर्ने र आफ्नो रक्षा गर्नुपर्ने कुटनीतिक क्षेत्रका व्यक्तिहरूको धारणा छ।पाकिस्तानले भारतबाट भएको हमलाको प्रतिकार गर्ने जवाफ दिएको छ भने भारतले पनि वायुसेना र स्थल सेनालाई युद्धका लागि तयार अवस्थामा राखेको बताइएको छ।

जसको प्रभाव नेपालमा समेत पर्ने देखिएपछि सरकारले सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारेको हो। नेपालको भूमीलाई प्रयोग गरेर कुनै पनि अबाञ्छित गतिविधि नहोस् भनेर सरकारले सुरक्षा सतर्कता बढाएको सुरक्षा स्रोतले बताएका छन्।

भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *