भर्खरै पाकिस्तानले खसाल्यो भारतीय सेनाको फाइटर विमान !

२०७५ फाल्गुन १५, बुधबार १३:४६ गते २०७५ फाल्गुन १५, बुधबार १३:४६ गते २०७५ फाल्गुन १५, बुधबार १३:४६ गते

काठमाडौं, १५ फागुन । भारत–पाकिस्तानबीचको तनाव जारी रहेका बेला दुई देशबीचको विवादित सीक्ष क्षेत्र कास्मिरमा भारतीय सेनाको लडाकु विमान दुर्घटना भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार श्रीनगरबाट उडान भरेको वायु सैनिक विमान कास्मिरको कलान भन्ने स्थानमा खसेको हो । दुर्घटनामा विमान चालकको मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएअनुसार उडान भरेको केही समयमै विमान ठूलो आवाजका साथ आकाशमै पड्किएको थियो । आगो लागेको विमान खेतमा खसेको थियो ।

भारतीय सेनाले पाकिस्तानको भूमिमा हवाई आक्रमण गरेको भोलिपल्टै भएको विमान दुर्घटनालाई शंकाका रुपमा हेरिएको छ । यद्यपि भारतीय सञ्चार माध्यम र अधिकारीहरुले घटनालाई सहज दुर्घटना बताएका छन् । तर, भारतीय सैनिक विमान पाकिस्तानले खसालेको हुन सक्ने आशंका गरिएको छ ।

दुर्घटनालगत्तै पाकिस्तानी फाइटर विमानले भारतीय क्षेत्रको परिक्रमा गरी फर्केको छ । भारतले पाकिस्तानले आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई नियमको उल्लंघन गरेको आरोप लगाएको छ । पाकिस्तानले भारतसँग आकस्मिक जवाफ दिने बताएको एक दिनपछि उक्त घटना भएको हो ।लाइट नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *