विश्वकै खतरनाक बनाउँन अर्बौको हतियार खरिद गर्दै नेपाली सेना

२०७५ फाल्गुन १६, बिहीबार १०:४७ गते २०७५ फाल्गुन १६, बिहीबार १०:४७ गते २०७५ फाल्गुन १६, बिहीबार १०:४७ गते

काठमाडौं । नेपाली सेनलाई आधुनिक स्तरमा लैजानको लागि सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जानकारी दिएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले भन्नुभयो, ‘सेनालाई स्रोतसाधनसम्पन्न बनाउन लागिपरेका छौँ ।

” उहाँले एक वर्षमा मन्त्रालयले गरेका कामबारे जानकारी दिँदै उपप्रधानमन्त्री समेत्त रहनु भएका मन्त्री पोखरेलले भन्नुभयो, ‘सेना राख्ने हो भने हतियार त चाहियो नि ।” हात हतियार खरिद गर्दा सार्वजनिक खरिद ऐन बाधक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो ऐन तथा नियमावलीले एकै चोटी भुक्तानी गर्न दिँदैन, अमेरिकासँग जी टु जी सम्झौता गरेपछि एकै पटक पाउनुपर्छ भन्ने हो ।” ऐन संशोधनको तयारी अवस्थामा रहेको समेत्त मन्त्रीले जनाकारी गराउँनुभयो । अमेरिकाले सन् २००२ देखि चारवटा ‘स्काई ट्रक’ अनुदानमा उपलब्ध गराउने बताउँदै आएको छ ।

तर, अझै आएको छैन, यो बिचमा अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा जतिसक्दो छिटो पठाउने तयारी गरिरहेको बताउँनुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *