पक्राउ परेका भारतीय पाइलटलाई सुरक्षित छाडिदिन पाकिस्तानले राख्यो यस्तो शर्त

२०७५ फाल्गुन १६, बिहीबार २२:३५ गते २०७५ फाल्गुन १६, बिहीबार २२:३५ गते २०७५ फाल्गुन १६, बिहीबार २२:३५ गते

काठमाडौं। भारत पाकिस्तानबीच अघोषित युद्धका क्रममा हिजो एक भारतीय पाइलट पाकिस्तानमा पक्राउ परे । इण्डियन एयरफोर्सका विंग कमाण्डर अभिनन्दनलाई आफूहरुले नियन्त्रणमा लिएको र उनलाई अन्तर्राष्ट्रिय सैन्य नियमअनुसार राखिएको पाकिस्तानी सेनाले जनाएको छ । भारतले उनलाई सुरक्षित फिर्ता गरिदिन माग गरेको छ । पाकिस्तानले पनि अहिलेकै अवस्थामा उनलाई छाड्न नसकिने बताउँदै भारतले आफ्नो प्रस्ताव मानेमा भने उनलाई छाड्न सकिने जनाएको छ ।

भारतीय पाइलटलाई मुजफ्फराबाद आर्मी सेन्टरमा राखिएको छ । यहीँको सैनिक अस्पतालमा उनको उपचार भएको छ । हिजो पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनमा उनले भारतसमक्ष शान्ति वार्ताको प्रस्ताव राखेका छन् । यदि भारतले यो प्रस्ताव मानेमा पाइलट अभिनन्दनलाई सुरक्षित भारतलाई बुझाउन सक्ने पाकिस्तानले जनाएको छ ।

अन्यथा अहिलेकै अवस्थामा उनलाई छाड्न नसकिने पाकिस्तानले निष्कर्ष निकालेको छ । पाकिस्तानका उच्च अधिकारीहरुको बैठकमा अहिलेकै अवस्थामा पाइलट अभिनन्दनलाई छाडिदिँदा भारतले आफूमाथि लगाएको आरोप स्वीकार गरेको ठहरिने निष्कर्ष निकालिएको पाकिस्तानी मिडियाले जनाएका छन् ।

भारतले पुलावामा आक्रमणपछि यसको दोष पाकिस्तानमाथि लगाउँदै आएको छ तर पाकिस्तानले भने यो आरोपको खण्डन गर्दै आएको छ । आतंकवादीले गरेको आक्रमणको दोष आफूलाई लगाउन नमिल्ने भन्दै पाकिस्तानी प्रधानमन्त्रीले यसअघि नै पाकिस्तानसमेत आतंकवादका कारण किै चिन्तित रहेको बताइसकेका छन् ।

अहिले पनि भारतले आतंकवादी भन्दै आफ्नो देशमा हवाइ आक्रमण गर्ने तर आफूले भने भारतीय सैनिकलाई सजिलै रिहा गरिदिँदा भारतको अगाडि झुकेको ठहरिने पाकिस्तानले निष्कर्ष निकालेको छ । आफ्नो शान्ति वार्ताको प्रस्ताव पनि भारतले नमान्ने र पाइलटलाई छाडेपछि पनि भारतले आतंकवादीको आरोप लगाउन र आक्रमण गर्न नछाड्ने अवस्थामा भारतको अगाडि झुक्न नहुने पाकिस्तानको निष्कर्ष छ ।

हिजोको सम्बोधनमा प्रधानमन्त्री इमरान खानले नै पाइलट अभिनन्दलाई सुरक्षित राख्ने र शान्ति वार्ताको प्रस्ताव गरेका छन् । इस्लामाबाद स्रोतका अनुसार पाकिस्तान ठूलो युद्ध चाहँदैन ।

आणविक शक्ति सम्पन्न राष्ट्रहरुबीच युद्ध हुँदा यसले दक्षिण एसियाका अन्य छिमेकी राष्ट्रसमेत प्रभावित हुने र युद्ध दुवै देशको लागि निकै हानीकारक हुने पाकिस्तानको निष्कर्ष छ । अन्य शक्तिमा भारत शक्तिशाली भए पनि आणविक शक्तिमा पाकिस्तान भारतभन्दा शक्तिशाली छ ।

अहिलेको परिस्थितिमा ठूलो युद्ध भएका पाकिस्तान आणविक हतियारमा भर पर्नुपर्छ जुन विश्वकै लागि खतरनाक हुन्छ । त्यसमाथि छिमेकमै आणविक शक्तिसम्पन्न देशहरु चीन र रुस छन् । पाकिस्तानले यसरी आणविक हतियार प्रयोग गर्दा यी देशहरु पनि युद्धमा सहभागी भएमा विश्वयुद्धको खतरा हुन्छ । यही खतराका कारण पाकिस्ताले भारतसमक्ष शान्तिवार्ताको प्रस्ताव गरेको इस्लामाबाद स्रोतले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *