काठमाडौँ, – नेपाली बजारमा आज सुनको मुल्य तोलामा एक्कासी ४ सय रुपैयाले घटेको छ ।
बिहिबार प्रतितोला ६२ हजार ४ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज चार सयले घटेर ६२ हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेको छ ।
बिहिबार प्रतितोला ७ सय ७५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ७ सय ७० मा कायम रहेको महासंघले जनाएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0