कञ्चनपुर स्थित निर्मलाको घर पुगेका देउवाले दिए यस्तो आश्वासन

२०७५ फाल्गुन १७, शुक्रबार १६:१० गते २०७५ फाल्गुन १७, शुक्रबार १६:१० गते २०७५ फाल्गुन १७, शुक्रबार १६:१० गते

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कञ्चनपुर स्थित निर्मला पन्तको घरमा पुगेका छन् । निर्मला पन्तको गत साउन १० गते बलात्कार पछि हत्या भएको थियो । उनको हत्यारा अहिले सम्म पक्राउ पर्न सकेका छैनन् । कञ्चनपुरमा रहेका देउवा निर्मलाका परिवारलाई भेट्न पुगेका हुन् ।

बलात्कारपछि हत्या गरिएकी पन्तको परिवारलाई आज बिहान भेटेपछि देउवाले निर्मलाको न्यायका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

भेटपछि देउवाले ट्वीटमा लेखेका छन्, ‘आज कंचनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे । निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होईन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिवद्धता गरेको छु ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *