कुन सपना देख्दा के हुन्छ, के फल प्राप्त हुन्छ ?जान्नुहोस।

२०७५ फाल्गुन १७, शुक्रबार १८:०६ गते २०७५ फाल्गुन १७, शुक्रबार १८:०६ गते २०७५ फाल्गुन १७, शुक्रबार १८:०६ गते

भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ । राती सपनाहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् ।

वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् । आज हामीले हिन्दू धर्मशास्त्र र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ, भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।

सपनामा रगत देख्नु

सुभ मानिन्छ एसल यसले पराक्रम वृद्धि हुन्छ ।

सपनामा बाघ देख्नु :

सपनामा बाघ वा सिंह देखेमा वा चढेको मा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि हुन्छ ।

सपनामा सर्पले टोकेको देखेमा, सपनामा कालो सर्प, सपनामा सर्पले टोकेको देख्नु, सपनामा सर्प देखे के हुन्छ,

सपनामा सर्पले टोकेको देखिनु वा सर्प देखिनु का शंकेतहरु अलि फरक छन्, सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ।

यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।

केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ। सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन। यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ ती बिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र एकदमै नलौ जीवनको बाटोबाट अगाडी बढाउन सहयोग गर्दछ।

सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।

कुनै लुकेका कुरा वा गोप्यकुराहरु प्रति तपाइलाई संकेत गर्ने हेतुले पनि सर्पको सपना देखिने हुन्छ।वा कुनै कुराको सत्यता तपाइलाइ थाहा छैन भने पनि त्यसबारेमा संकेत गर्न खोजिएको पनि हुन सक्छ।

सपनामा कुकुरले टोकेको देखेमा:.

कुकुर देख्नु वा कुकुरले टोकेको देख्नु – पुरानो साथीसँग भेट हुनु मानिन्छ

सपनामा माछा देखेमा :माछा देखेमा धेरै शुभ हुन्छ । मछुवारेकहाँ माछा देखेमा धनलाभ हुन्छ ।

यी २५ चिज सपनामा देख्नु लाभदायक हुन्छ:

सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ । हात्तीमा बसेको देखेमा भूमीमा गाडिएकोधन प्राप्त हुनसक्छ ।

सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ ।

सेतो सर्पले डसेको देखेमा धनलाभ हुन्छ ।

माछा देखेमा धेरै शुभ हुन्छ । मछुवारेकहाँ माछा देखेमा धनलाभ हुन्छ ।

चरा उडिरहेको देखेमा धन लाभ हुन्छ ।

हाँस देखेमा शुभ फल प्राप्त हुन्छ ।

सिंहमा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि हुन्छ ।

सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ ।

घोडा देखेमा संकट नास हुन्छ । आपत्तीबाट छुटकारा मिल्छ । घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन हुन्छ ।

मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ । सन्तान प्राप्ति हुन्छ ।

जरायो देखेमा चिताएको पुग्छ । उत्तम फल मिल्छ ।

बाख्रा देखेमा उच्च फल प्राप्त हुन्छ ।

जुका वा बिच्छि देखेमा धन, पुत्र वा विजय प्राप्त हुन्छ ।

घोडी, कुखुरी वा कर्याङकुरुङको पोथी देखेमा राम्री श्रीमती प्राप्त हुन्छ ।

सूर्य उदाएको देखेमा धन लाभ तथा रोगबाट मुक्ति मिल्छ । सूर्य निलेको देखेमा उत्तम पुत्र प्राप्त हुन्छ ।

घनघोर वर्षा भएको देखेमा व्यापारमा लाभ हुन्छ ।

चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ ।

समुद्र देखे लक्ष्मी प्राप्ति हुन्छ ।

सेतो फूल देखे धनलाभ हुन्छ । हरियो फूल देखे जनसंपर्क बढ्छ ।

फल देखे धनलाभ हुन्छ ।

पान देखेमा मुद्दा मामिलामा जीत हुन्छ ।

पहाडमा चढेको देखे सफलता तथा पहाडको टाकुरामा पुगेको देखेमा आयु वृद्धि हुन्छ ।

सपनामा नरिवल, केरा वा निबुवा देखेमा सन्तान प्राप्ति हुन्छ ।

तलाऊ वा पोखरी देखेमा प्रशस्त धन प्राप्ति हुन्छ । स्वच्छ पानी देखेमा मंगल तथा पानीमा पौडिएको देखेमा सुख हुन्छ ।

कमलको फूलले भरिएको तलाउ देखेमा शुभप्रद, सन्तान प्राप्ति हुन्छ ।

कपास अरुलाई दिएको देखेमामात्र शुभ फल प्राप्त हुन्छ ।

. कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *