तौल घटाउने वा तौललाई नियन्त्रण गर्ने काम धेरै नै चुनौतिपूर्ण छ | खासगरी यस्ता मानिसको लागि जो खानामा नियन्त्रण गर्न सक्दैन | हामी धेरै नै तनाबपूर्ण तथा ब्यस्त जीवन निर्बाह गर्दछौं | जसको कारणले गर्दा शारीरिक ब्यायाम गर्नको लागि हामीसंग समय हुदैन | तौल घटाउने विभिन्न उपायहरु छन् | तर त्यसको लागि हामीले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ |
आज हामी तपाईलाई तौल घटाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौ | जसले बिशेष रुपमा तपाईको पेटको तौल घटाउन मद्दत गर्दछ | र यसबाट तपाइको स्वास्थ्यमा पनि राम्रो असर पुग्दछ | यस विधिमा प्रयोग हुने सम्पूर्ण सामाग्रीहरुमा पौष्टिक तत्व प्रचुर मात्रामा पाइने भएकोले यसले तपाइको पाचन प्रणालीमा सुधार ल्याई छिटो तौललाई घटाउन मद्दत गर्दछ | यस विधिलाई नियमित रुपमा प्रयोग गरेमा तपाइको तौल छिट्टै घटदछ | यस विधिमा मात्र ४ सामाग्रीहरु घ्यु कुमारी , कागती , अदुवा र महको प्रयोग हुन्छ | जुन स्वास्थ्यको लागि धेरै नै फाईदाजनक छ |
घ्यु कुमारी
हाम्रो स्वास्थ्यमा राम्रो असर पुर्याउने खाद्यपदार्थमा घ्यु कुमारी पनि एक हो | यसमा ७५ सक्रिय पौष्टिक तत्वहरु पाइन्छन | यसका साथै घ्यु कुमारीमा एमिनो तथा फैटी एसिड प्रचुर मात्रामा पाइन्छ | यसमा एन्टीअक्सिदेंत गुण हुने भएकोले यसले पाचन प्रक्रियामा सुधार ल्याई बोसोलाई हटाउनमा मद्दत गर्दछ | यसका साथै यसको प्रयोगले शरीरका बिषादीहरुलाई हटाई पाचन प्रणालीमा सुधार ल्याउदछ |
Views: 0