सावधान ! पशुपतिमा खानपान र ब्यवहार गलत गर्दै हुनुहुन्छ ? प्रहरीले यसरी देखेर पुर्याउनेछ खोरमा

२०७५ फाल्गुन २०, सोमबार ११:०४ गते २०७५ फाल्गुन २०, सोमबार ११:०४ गते २०७५ फाल्गुन २०, सोमबार ११:०४ गते

काठमाडौ । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा सुरक्षालाई मध्यनजर गर्दै ४३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीले ३ हजार प्रहरी नियमित पोशाकमै कार्यक्षेत्रमा खटाउने छ भने सादा पोशाकका प्रहरी पनि परिचालन हुनेछन् ।

नेपाल प्रहरीका अलावा शसस्त्र प्रहरी पनि पशुपतिमा सुरक्षाका लागि परिचालन हुनेछ । सशस्त्र प्रहरीका डिआइजी सुरज श्रेष्ठका अनुसार सशस्त्र प्रहरी पनि पशुपति क्षेत्रमा एसपीको कमाण्डमा १३ सय सशस्त्र प्रहरी सुरक्षाका लागि खटिनेछन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार दर्शनार्थीलाई व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।

डिआइजी क्षेत्रीले भने, ‘‘आवश्यक सबै सुरक्षाको प्रबन्ध गरिएको छ । सबैले सुरक्षित तरिकारले दर्शन गर्न पाउनेछन् ।’’

पकेटमारी, चोरी लगायतका सम्भावित घटनाहरुलाई मध्यनजर गर्दैै सादा पोशाकमा समेत उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको उनले बताए । प्रहरीबाहेक पशुपति क्षेत्र विकास कोषको समवन्यमा स्वयंसेवक लगायत अन्य पनि मेलालार्ई व्यवस्थित गर्न सघाउनेछन् । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा लगायत नशालु पदार्थ पूर्ण रुपमा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको डिआईजी क्षेत्रीले बताए ।

उनका अनुसार दर्शनका क्रममा कुनै असहज भएको अवस्थाका लागि ठाउँठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्स, प्राथमिक उपचार लगायतको टोली तैनाथ गरिएको छ । दर्शनका क्रममा दर्शनार्थीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिइने पनि डिआइजी क्षेत्रीले बताए ।

देशविदेशका लाखौं भक्तजनले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्ने गरेका छन् । पशुपतिमा देश–विदेशबाट गरी झण्डै १० लाख भक्तजनले दर्शन गर्ने अनुमान छ । आइतबार बिहानसम्म पशुपति क्षेत्रमा छ हजार बढी साधुसन्त आइपुगेको बताइएको छ । शिवरात्री मेला भर्नकै लागि भारत, श्रीलंका, बंगलादेशबाट पनि साधुसन्त आएका छन् । आइतबार साँझसम्म साधुसन्त थपिने अनुमान छ ।

यस्तै शिवरात्रीको अवसर पारेर महानगरीय ट्राफिक महाशाखाले १० ओटा रुपमा पूर्ण रुपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । रोक लगाएका स्थानमा चावहिलबाट गौशाला तर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ लगायत रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed