बाल्यकालमा हावाको फोका उठेको देखेको तलाउमा ५० वर्षपछि गएर खोज्दा…

२०७५ फाल्गुन २०, सोमबार १४:२४ गते २०७५ फाल्गुन २०, सोमबार १४:२४ गते २०७५ फाल्गुन २०, सोमबार १४:२४ गते

एजेन्सी। बाल्यकालका साना यादहरु महिलेकाहीँ निकै महत्वपूर्ण हुन्छन् ।

१९४४ मा युरोपको एस्टानियामा बस्ने साना बालकले आफ्नो घरनजिकै रहेको तलाउमा हावाका फोका उठिरहेको देखेका थिए । उनले त्यतिबेला त्यो कुरालाई वास्ता गरेनन् । तर, ५० वर्षपछि उनलाई त्यो घटनाको याद आयो ।

त्यसपछि तलाउमा गएर खोजी गरेका ती व्यक्तिले निकै अनौठो खोज गरेका छन् । यी बालकले सानैमा एस्टोनियाको कुर्तना मटास्जर्व तलाउको बीचमा हावाका फोकाहरु निस्किरहेको देखेका थिए ।

यो घटनाले उनको दिमागमा गहिरो छाप छोडेको थियो । उनलाई त्यतिबेला त्यहाँ के छ भन्ने विषयमा कुनै जानकारी भएन । तर यसको ५० वर्षपछि उनले सामाजिक संजालमा यसको उल्लेख गरे ।

उनको कथाले केही युद्ध इतिहासमा रुचि राख्नेहरुको ध्यान तान्यो । अनुसन्धान टोलीका साथ ती व्यक्ति दोस्रो पटक त्यहाँ गए ।

करिब आठ घण्टाको खोजीपछि तलाउभित्रबाट यस्तो चीज निस्कियो जसको कसैले कल्पना पनि गरेको थिएन । तलाउभित्र दोस्रो विश्वयुद्धको एक लडाकू ट्यांक डुबेको थियो । यदि यी व्यक्तिले आफ्नो बाल्यकालको घटना बिर्सिएको भए शायद यसलाई कहिल्यै खोज्न सकिने थिएन ।

अनुसन्धान टोली पूरै तयारीका साथ आएको थियो । उनीहरुले स्टील केबलको सहायतामा बुल्डोजरले ट्यांकलाई बाहिर निकाले ।

डिमले बिहान ९ बजेदेखि नै तलाउमा खोजी सुरु गरेको थियो ।  ८ घण्टासम्म खोज्दा केही नभेटिएपछि टिम निराश हुँदै थियो त्यत्तिकैमा हिलोमा डुबेको एउटा निकै गह्रौं चीच बाहिर निस्किएपछि उत्साहको संचार भयो ।

यो ट्यांक रुसमा बनेको थियो र जर्मन सेनाले प्रयोग गरेका थिए । यसको तौल ३० टनभन्दा बढी थियो ।

यसलाई बाहिर निकालेपछि जाँच गर्दा यसको इन्जिनले अहिले पनि काम गरेको पाइयो । यसलाई सैन्य संग्रहालयमा राखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed