काठमाडौं, २१ फागुन । नेपाल आइडल दोस्रो सेसनका रवि ओड अस्वस्थ्य भएपछि उनको शल्यकृया भएको छ । उनको काठमाडौंको नर्भिक अस्पतालमा शल्यकृया भएको छ ।
उनको संवेदनशिल अंगको शल्यकृया गरीएको चिकित्सकले जनाएका छन् । उनको शल्यकृयामा चिकित्सक प्रविण संलग्न थिए ।
उनको शल्यकृया एक साता अघि गरिएको थियो । एक सातालामो अस्पतालमा बसेर शल्यकृया पछि उनी घर फर्केका छन् । उनको शंवेदनशिल अंगमा ट्युमर आएपछि शल्यकृया गर्नुपरेको हो ।
ओडलाई बाँया साइडको चेष्ट दुखिरहन्थ्यो । विवोइङ पनि गर्दा नसामा समस्या भएको होला भन्ने ठानेर उनले त्यति चासो राखेका थिएनन् ।
पछि सबै शरिरको एमआरआइ गर्दा उनको स्पाइनल कडमा ट्युमर भएको पत्ता लाग्यो । अष्ट्रेलिया जानुपर्ने भएकाले उनले औषधि खाएर त्यहाँको एक महिनाको काम पुरा गरे ।
अष्ट्रलियावाट आएपछि उनले शल्यकृया गरेका हुन् । चिकित्सकको सल्लाह अनुसार नै उनले शल्यकृया गरेको ओडले बताए ।
Views: 0