धुर्मुस-सुन्तली फाउण्डेसनमा यो-यो जागिर खुल्यो : यसरी भर्नुहोस् आवेदन।

२०७५ फाल्गुन २१, मंगलवार १३:५० गते २०७५ फाल्गुन २१, मंगलवार १३:५० गते २०७५ फाल्गुन २१, मंगलवार १३:५० गते

काठमाडौँ । हाँस्य कलाकार सीतारम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस सुन्तली फाउण्डेसनमा जागिर खुलेको छ। केही समय अगाडि मात्रै चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको धुर्मुस-सुन्तली फाउण्डेसनले विभिन्न २३ विधामा कामदार माग गरेको छ।

फाउण्डेसनले खुल्ला गरेका पदहरुमा प्रोजेक्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर, अफिस म्यानेजर, कम्युनिकेसन म्यानेजर, मार्केटिङ म्यानेजर, एचआर म्यानेजर, फाइनान्स म्यानेजर, प्रोडक्सन म्यानेजर, आईटी म्यानेजर, सोसल मिडिया एक्स्पर्ट, सिभिल तथा आर्किटेक इञ्जिनियर, साइट इञ्चार्ज, इन्टेरियर डिजाइनर, एक्जिक्युटिभ सेक्रेटरी, आईटी अफिसर, पब्लिक रिलेसन अफिसर, क्यामरा पर्सन, एक्जिक्युटिभ असिस्टेन्ट लगायतका २३ शीर्षकमा आवेदन खुलाएको हो।

आवेदन भर्न चाहने नेपालीहरुले merojob.com/project-manager-269 मा गएर आवेदनभर्न सकिने छ । जागिरका लागि आवेदन दिँदा आफूले लिन चाहेको मासिक तलब पनि उल्लेख गर्नुपर्ने बताइएको छ। हेर्नुहोस् धुर्मुस-सुन्तली फाउण्डेसनको डिमान्ड

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed